Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

पाल्पा बस दुर्घटनाका घाइते पूर्णमाया महर्जन भन्छिन्, ‘ब्याक नगर्न भनेकी थिएँ’

काठमाडाैं । साँघुरो सडकमा जिपलाई साइड दिने क्रममा बस खस्दा शुक्रबार १४ जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते छन् । सदरमुकाम तानसेनबाट रामपुर जाँदै गरेको लु२ख ९७५ नम्बरको बस पाल्पाको रम्भा–४ धारादीमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । तानसेनबाट सबेरै रामपुरतर्फ लाग्यौं। आर्यभन्ज्याङमा चियाखाजा खाएपछि बस अघि बढ्यो। सिमसिम पानी परिरहेको थियो। सबैजसो सहकारीकै व्यक्ति भएकाले सहकारीकै गफ गरिरहेका थियौं। हुमिन गाउँ कटेपछि जंगल आयो। विपरीत दिशाबाट सानो जिप आयो। साइड दिनुपर्ने भयो।
‘ब्याक नगर्न भनेकी थिएँ’
पूर्णमाया महर्जन,घाइते
मैले बाटो साँघुरो भएकाले ब्याक नगर्न चालकलाई आग्रह गरें। पुरुवा माटो हुन सक्ने भन्दै सचेत गराएँ। तर चालकले मानेनन्। ब्याक गर्दागर्दै गाडी खस्यो। मैले डन्डी समाएको थिएँ। भाग्यले बाँचें। घटनापछि सबै जना ‘बचाऊ, बचाऊ’ भनिरहेका थिए। कोही कता उछिट्टिएका थिए। कोही कता। कसैलाई देख्न सक्ने अवस्था भएन। मलाई दुई/तीन युवा आएर बाटोसम्म ल्याए। शुक्रबार रामपुर गएर बस्ने र शनिबार फर्किने सल्लाह थियो।
(कुराकानीमा आधारित)
..............................................................................................................................................
११ जनाको घटनास्थलमै र तीन जनाको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तानसेन–२ का लोकनाथ ढकाल, देवेन्द्रलाल प्रधान र मुना (मधु) सारू, तानसेन–३ का कमला कार्की, वसन्ती खाँड, कृष्णमान वज्राचार्य र क्षेत्रमान शाक्य, तानसेन–४ का विष्णुमान वज्राचार्य र दुर्गाबहादुर सारू, तानसेन–५ की दुर्गामाया श्रेष्ठ, तानसेन–६ का गीता बुढाथोकी, सुशीलप्रसाद श्रेष्ठ र सचिन वज्राचार्य तथा तानसेन–११ का कृष्णबहादुर बोहरा छन्।
त्यस्तै घाइते हुनेमा तानसेन–२ का प्रफुल्ल शर्मा, ओम मलेगो र मीना खाम्चा, तानसेन–३ का उत्तमकुमार वज्राचार्य, प्रवीण वज्राचार्य र सान्तम वज्राचार्य, तानसेन–६ का विमल रञ्जन, अर्जुन थापा र पूर्णमाया महर्जन छन्।
आर्यभन्ज्याङ–रामपुर खण्ड साँघुरो छ। साढे तीन मिटर चौडा कालोपत्रे सडकमा विपरीत दिशाबाट आएको जिपलाई साइड दिने क्रममा बस खसेको घाइते पूर्णमायाले बताइन्। बस खस्नासाथ ट्राफिक प्रहरी धर्मराज न्यौपानेसहित दुई प्रहरी घटनास्थल पुगेका थिए। उनीहरूले अन्य बस र जिप रोक्न लगाएर घाइतेको उद्धार गरेका थिए। ‘उद्धारका लागि मान्छे जुटाउन ढिला भयो,’ न्यौपानेले भने, ‘अप्ठ्यारो भीर भएकाले कठिनाइ भयो।’ जंगल क्षेत्रमा वर्षासमेत भइरहेकाले उद्धारमा कठिनाइ भएको थियो। केही समयपछि सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणसमेत पुगेर उद्धारमा खटिएका थिए।
घाइतेको मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ। तानसेन–३ का सान्तम, प्रवीण र चालक तानसेन–६ का अर्जुन थापालाई काठमाडौं लगिएको प्रजिअ विष्णुप्रसाद ढकालले बताए।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये कृष्णबहादुर सहकारी डिभिजन प्रमुख हुन् भने विष्णुमान लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष। उनीहरू सहकारीका पदाधिकारी र सदस्यहरूसहित रामपुर नगरपालिकाका सहकारी अवलोकनका लागि जाँदै थिए। अधिकांश मृतक र घाइते संस्थाका पदाधिकारी र सेयरधनी रहेको पूर्वअध्यक्ष हरि रायमाझीले बताए। ‘सहकारी शिक्षा र अवलोकनका लागि जाने निर्णय भएको थियो,’ उनले भने, ‘सञ्चो नभएकाले म गइनँ।’
तानसेन शोकमा
घटनामा प्रतिष्ठित व्यापारी, व्यवसायी, नागरिक समाजका अगुवा साथै सहकारी अभियन्ताको निधन भएपछि तानसेनवासी शोकमा डुबेका छन्। उनीहरू बस खसेको खबर पाउनासाथ घटनास्थल पुगेका थिए।
‘अब धैर्य गर्नु सिवाय कुनै उपाय छैन,’ उवासंघका पूर्वअध्यक्ष मधुदयाल सैंजुले भने, ‘अकल्पनीय घटना भयो।’ दुर्घटनाको खबरपछि यहाँका पसल, व्यापार बन्द भए। बजार सुुनसान बन्यो। दुर्घटनामा पर्नेमा बढीजसो बर्तुङ, बसपार्क, भीमसेन टोल, मखनटोल, विशालबजार, टक्सार, भगवती टोल, वसन्तपुर, कैलाशनगरलगायतका बासिन्दा छन्। घटनापछि जिल्लामा क्रियाशील राजनीतिक दल र संघसंस्थाले शोक विज्ञप्ति जारी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, बचत तथा ऋण सहकारी संघलगायतले जारी गरेको विज्ञप्तिमा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending