१) किरिबाटी
टापु देश किरिबाटीमा धूमपानको दर विश्वकै उच्च रहेको छ। त्यहाँ जनसंख्याको दुई तिहाइ पुरुष र एक तिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन् ।२) मोन्टिनिग्रो
पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ। त्यहाँ ४६ प्रतिशत मानिस धूमपान गर्छन् । उक्त बाल्कन देशको जनसंख्या ६ लाख ३३ हजार रहेको छ। त्यहाँ एक जना वयस्क व्यक्तिले ४ हजार १ सय २४ चुरोटका खिल्ली प्रति वर्ष सेवन गर्छन् । सार्वजनिक स्थानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएको भएपनि मानिसहरूले कार्यालय, खाजाघर, बार र सार्वजनिक यातायतमा खुल्लमखुल्ला धूमपान गर्छन् ।३) ग्रिस
ग्रिस तेश्रो बढी धूमपान हुने देश हो । त्यहाँ देशका आधा भन्दा बढी पुरूष र ३५ प्रतिशत महिला धूमपान गर्छन। सन् २००८ देखि नै सार्वजनिक स्थानहरूमा धूमपान निषेध गरिएपनि मानिसहरू जहाँ पनि चुरोट सेवन गरिरहेका भेटिन्छन् । ग्रिसमा अवैध रुपमा चुरोटको तस्करी हुने गर्छ। एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टरन्याशनलले सन् २०१९ देखि एथेन्सले वर्षेनी एक अर्ब युरो राजश्व गुमाउने अनुमान गरेको छ ।४) पूर्वी टिमोर
पूर्वी टिमोर विश्वकै उच्च धूमपान दर भएको देशमध्ये एउटा हो। त्यहाँ कूल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो । तर धूमपान गर्ने महिला चाहिँ ६ प्रतिशत मात्रै छ। दक्षिण पूर्वी एसियाको गरिब देश पूर्वी टिमोरमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ । सबै चुरोटका बट्टामा धूमपान घातक हुने लेखिएका भएपनि धूमपानकर्ताका लागि त्यसले छुँदैन । किनभने त्यहाँ देशको जनसंख्याको आधा भन्दा बढी निरक्षर रहेका छन् ।५) रूस
रुस पाँचौ धेरै धूमपान गरिने देश हो। त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरूष धूमपान गर्छन् । २३ प्रतिशत महिला चुरोट पिउँछन् । कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूमपान गर्नु कानून विपरित भएपनि सुर्तीजन्य पदार्थको व्यापक विज्ञापनलाई उच्च धूमपान दर हुनुको एउटा मूख्य कारण ठानिन्छ । केही पसलहरूमा एक बट्टा चुरोट एक डलर भन्दा कममा खरिद गर्न सकिन्छ । रूसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ ।कम धूमपानकर्ता रहेका देश
कम चुरोट सेवन गरिने देशहरूमा घाना, इथियोपिआ, नाइजेरिया, इरिट्रिआ र प्यानमा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार करिव १४ प्रतिशत अफ्रिकीहरू धूमपान गर्छन् । महिलाहरूले धूमपान गर्नु अनैतिक ठानिन्छ । घाना, इथियोपिआ र नाइजेरिया पनि विश्व स्वास्थ्य संगठनको धूमपान नियन्त्रण सम्बन्धी \'फ्रेमवर्क कन्भेन्सन\' भनिने सन्धिमा सामेल छन् । तिनीहरूले धूमपानको नकारात्मक असरबाट आफ्ना नागरिकलाई जोगाउन कडा प्रावधानहरू र नियन्त्रणका उपायहरू लागु गरेका छन् । \'हर्न अफ अफ्रिका\' नामक प्रायद्वीपमा धूमपानको विकल्पमा चपाइने एउटा काट भनिने पातले पनि त्यहाँ कम धूमपानको दरलाई व्याख्या गर्छ । विश्व स्वास्थ्य संगठनले विश्वभर लगभग एक करोड मानिसले काट चपाउँने गरेको उल्लेख गरेको छ ।विश्वको सबैभन्दा ठूलो उपभोक्ता
विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वको सबैभन्दा ठूलो सुर्ती उत्पादक र खपतकर्ता हो । चीनमा ३० करोड धूमपानकर्ता छन् जुन विश्वको कूल धूमपानकर्ताको झण्डै एक तिहाइ संख्या हो । तर बजार अनुसन्धानमा संलग्न समूह युरोमोनिटर इन्टरन्याशनलले सन् २०१६ मा चीनमा सुर्तीको खपतमा दुई दशकमा पहिलो पटक कमी आएको उल्लेख गरेको थियो ।महिला
पुरूषभन्दा बढी महिला धूमपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो, जहाँ १९ दशमलव धूमपानकर्ता महिला छन् भने पुरूष धूमपानकर्ता १८ दशमलव ९ प्रतिशत रहेका छन् । वास्तवमै अहिलेसम्मकै उच्च संख्यामा महिला धूमपानकर्ताहरू युरोपमा छन् जहाँ महिला र पुरूष धूमपानकर्ताबीचको संख्याको अन्तर सानो छ ।
प्रतिकृया लेख्नुहोस्: