Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

यसकारण विद्यार्थीले गर्मीमा भन्दा जाडोको परीक्षामा कम अंक ल्याउँछन्

हार्वर्ड र अरू अमेरिकी विश्वविद्यालयहरूले गरेको एउटा प्रमुख अध्ययनले धेरै गर्मीका बेला हुने परीक्षामा विद्यार्थीहरूले राम्रो गर्न नसक्ने जस्तो देखिएको जनाएको छ ।

उच्च तापक्रम र विद्यालयमा विद्यार्थीहरूको कम उपलब्धिबीच \'महत्त्वपूर्ण\' अन्तरसम्बन्ध रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । करिब १३ वर्षको अमेरिकी माध्यमिक विद्यालयहरूका एक करोड विद्यार्थीका प्राप्ताङ्कको विश्लेषणबाट परीक्षाको नतिजामा गर्मी मौसमको नकारात्मक असर परेको देखिएको छ । गर्मी बढ्दा विद्यार्थीहरूलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने गरेको पाइएको सो अध्ययनले जनाएको छ । प्रत्येक पटक औसत आधा डिग्री सेल्सियस तापक्रम बढ्दा परीक्षामा विद्यार्थीहरूको प्रदर्शनमा झण्डै एक प्रतिशतले गिरावट आउने गरेको देखिएको छ । त्यसबाट बच्ने एउटा व्यावहारिक हल विद्यालयहरूलाई थप वाताअनुकूलित बनाउनुपर्ने हुनसक्ने अनुसन्धानकर्ताहरूको सुझाव छ । तातो हावा चल्ने बेला जाँच दिने विद्यार्थीहरूले उखरमाउलो गर्मीका कारण आफूहरूलाई असर परेको सधैँजसो गुनासो गरेको हुन सक्छ । तर हार्वर्ड विश्वविद्यालय, युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस र जर्जिया स्टेट युनिभर्सिटीका प्राज्ञहरूले गरेको अध्ययनले तापक्रम बढ्दा विद्यार्थीको प्रदर्शन घट्ने गरेको स्पष्ट प्रमाण दिएको बताएका छन् । अनुसन्धानकर्ताहरूले सन् २००१ देखि सन् २०१४ सम्म अमेरिकाभरि फरक जलवायु र मौसममा फरक वर्षहरूका जाँचमा माध्यमिक तहका विद्यार्थीले गरेको प्रदर्शनलाई हेरेका थिए । \'युएस न्याशनल ब्यूरो अफ इकोनोमिक रिसर्च\'मा प्रकाशित अध्ययनले उच्च तापक्रम हुने वर्षहरूमा विद्यार्थीहरूले जाँचमा कम अङ्क ल्याउने र चिसो वर्षका जाँचमा राम्रो नतिजा ल्याउने गरेको उल्लेख छ । फरक जलवायुहरूमा- धेरै चिसो हुने अमेरिकाका उत्तरी राज्यहरूमा अथवा बढी तातो हुने दक्षिण राज्यहरूमा यो लागु हुन्छ । \'हीट एण्ड लर्निङ\' नामक उक्त अध्ययनले भनेको छ- उखरमाउलो गर्मीमा विद्यार्थीहरूलाई पाठहरूको अध्ययन गर्न र विद्यालयबाहिर गृहकार्यमा ध्यान केन्द्रित गर्न गाह्रो हुने गरेको छ । चिसा दिनहरूले चाहिँ विद्यार्थीका उपलब्धिमा असर नपारेको देखिन्छ । तर २१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्न थालेपछि विद्यार्थीहरूको उपलब्धिमा त्यसको नकारात्मक असर देखिन थालेको अध्ययनले जनाएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending