Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बालकृष्ण ढुंगेल भन्छन्-फेरि पक्राउ पर्न सक्छु

काठमाडाैं । गणतन्त्र दिवसका दिन मंगलबार विहान रिहा भएका पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलले आफू तेस्रो चौंथो पटकपनि पक्राउ पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आफ्नो अभिनन्दन गरिएपछि सम्बोधन गर्दै ढुङ्गेलले चौंथो पटकपनि पक्राउ पर्न सक्ने बताएका हुन् । ‘बालकृष्ण ढुङ्गेल अहिले भर्खरमात्र सरकारले रिहा गरेर पठाएपछि तपाईंहरुको साथमा यहाँ आइपुगेको हो, उ तेस्रो पटक रिहा भएको छ’ लयात्मक भावमा सम्बोधन गर्दै ढुङ्गेलले भने, ‘ढुङ्गेल रिहा भएको यो पहिलो पटक पनि होइन र अन्तिम पटक पनि होइन, उ फेरि पक्राउ पर्न सक्छ ।’ ‘गणतन्त्र आएपछि तेस्रो पटक जेल जानुपर्छ भन्ने मलाई लागेको थिएन, तर गणतन्त्रका लागि लड्दा भन्दा हिटरमा पिसाव फेराएर मेरो किड्नी ड्यामेज गर्नेहरु, संकटकाल लगाउने र टाउकाको मूल्य तोक्नेहरु नै प्रधानमन्त्री बनेु, ढुङ्गेलले भने, ‘नागार्जुनको जंगलमा लगेर योद्धा बेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बनेपछि बालकृष्ण ढुङ्गेलहरु जेल जानुको बिकल्प थिएन ।’ ढुङ्गेलले आफ्ना लागि न्यायालयको बेञ्चबाट न्याय बलात्कृत भएको दावी गरे, आफ्नो भागमा परेको गणतन्त्र पनि अपरहणमा परेको उनको कथन थियो । यति भन्दै उनले आफ्नो रिहाई विरुद्ध सर्वोच्च अदालत गुहारेका मानवअधिकारकर्मी र कानून व्यवसायीहरुप्रति आक्रोस व्यक्त गरे । उनले आफूमाथि लागेको हत्याको आरोपको प्रतिवाद पनि गरे । किड्नी रोगबाट पीडित ढुङ्गेलले भने, ‘संसारमा किड्नी जाँच्ने मेसिन आएको रहेछ, झुठ र पाप जाँच्ने मेसिन आएछ भने म जाँच्न तयार छु ।’ मन्तव्यको अन्त्य गर्दै ढुङ्गेलले भने, ‘शहीदरुको रगत बेचेर खान नपरोस्, शहीद परिवारहरुको मझेरीमा गएर उहाँहरुको भागमा लात हान्दै खानु नपरोस् जबसम्म जीवित रहन्छु, कसैलाई ठगेर भनेर स्पिपिङ्ग ट्याब्लेड सुत्नु नपरोस् ।’ भिडियोमा हेर्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending