Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

राजपा-फोरम गठबन्धन टुट्ने आशंका

जनकपुर । प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति गरेसँगै प्रदेश २ को गठबन्धन संकटमा परेको हो । अाजको अन्नपूर्णमा खबर छ-काठमाडौंमा भएको सहमति सार्वजनिक भएलगत्तै प्रदेश २ को राजधानी जनकपुरमा फोरम-राजपा गठबन्धन रहने÷नरहनेबारे नेताबीच चर्चा हुन थालेको छ । प्रदेश २ मा पनि नेकपा-फोरम गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँगको सत्ता-गठबन्धन तोडेको आरोप लगाउँदै भने, ‘मधेस आन्दोलन फोरम-राजपाले सँगै गरेको थियो । अहिले पनि मिलेरै सहमति गर्नुपथ्र्यो तर फोरम अध्यक्ष यादवले त्यसलाई उल्लंघन गरे ।’ महतोले गठबन्धनमा तलमाथि गर्दा मुद्दा कमजोर हुने र एजेन्डा सम्बोधन नहुने खतरा बढी रहने बताए । उनले भने, ‘अहिल्यै गठबन्धन टुटेको त छैन तर हामी फोरमको गतिविधि हेरेर निर्णय गर्छौं ।’ राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले तत्कालै फोरमले केही निर्णय गर्ने अवस्थामा नरहेको बताए । फोरम र नेकपासँग भएको सम्झौता आफ्नो नकारात्मक टिप्पणी नरहेको उनको भनाइ छ । फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भए संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावनातर्फ राजपाले संकेत गरेको छ । प्रदेश २ को गठबन्धन टुट्न सक्नेतर्फ संकेत गर्दै राजपा महामन्त्री मनिष सुमनले भने, ‘फोरम अध्यक्ष यादव सरकारमा जाने सम्झौता गरेपछि राजपालाई पनि आफूखुशी निर्णय गर्न बाटो खुलेको छ ।’ सुमनका अनुसार जेठ २५ गते बस्ने राजपा बैठकले गम्भीर निर्णय गर्ने सम्भावना छ । त्यसमा प्रदेश गठबन्धनदेखि लिएर अन्य मधेसका मुद्दाबारे पनि छलफल गर्ने राजपाको तयारी रहेको उनले बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने फोरम-राजपा गठबन्धन सम्बन्धमा त्यस्तो कुनै असर नपरेको बताए । ‘हामी अहिले पनि एक नै छौं, केन्द्रीय सरकारमा पार्टी सहभागी भएको छ,’ उनले भने, ‘तर हामी प्रदेशमा एक नै छ ।’ केन्द्रीय सरकारको सहभागतिाको विषय लिएर प्रदेशमा कुनै असर नपरेको उनले बताए । फोरम-राजपा गठबन्धनको प्रदेश २ मा ५४ सिट छ । बहुमत पुग्ने भएको हुनाले दुवै दल मिलेर सरकार गठन गरेका छन् । एक सय सातजना प्रदेशसभा सदस्यमध्ये फोरमसँग मात्रै २९ सिट छ । नेकपा र फोरम मिल्दा ६१ सिट अर्थात् सहज बहुमत पुग्ने देखिन्छ । फोरम-राजपाको गठबन्धनमा ३ फागुनमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकार गठन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending