Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

विनासकारी भूकम्पले खडा गरेको <br>महाविपत्ति र हाम्रो कार्यभार

विनासकारी भूकम्पले अपुरणीय क्षति पुर्याएको छ तर सबै मिलेर महाविपत्तिको सामान गर्नुको विकल्प छैन ।
वैशाख १२ गते आएको विनाशकारी महाभूकम्प र त्यसयता लगातार आइरहेका पराकम्पनहरुले मुलुकलाई अत्यन्तै जर्जर बनाएको छ । ठूलो मनोवैज्ञानिक त्रास छ । असुरक्षाको भावना छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । धैरै मानिसहरु हताहत भएका छन् । करिव १२ खरब बराबरको भौतिक क्षति भएको छ । मानसिक क्षतिको त कल्पना नै गर्न सकिँदैन । यस्तो अवस्थामा महाविपत्तिको सामना गर्नुबाहेक हामीसामु अरु विकल्प छैनन् । महाविपत्तिको यस घडीमा रोएर–कराएर हुँदैन, सबै मिलेर विपत्तिको सामना गर्नैपर्छ । हामी यो विपत्तिको सामना कसरी गर्छौं ? कसरी एकताबद्ध, स्पष्ट योजना र कार्यक्रमका साथ अगाडि बढ्छौं ? मुलुकलाई नयाँ ढंगले कसरी बलियो पार्ने र तंग्राउने काम गर्छौं ? त्यसमा नै मुलुक र हाम्रो भविष्य जोडिएको छ । हामीलाई भावी पुस्ताले मूल्याङ्कन गर्ने विषय यही नै हो । नेपालमा जुन मात्राको भूकम्प आयो, यसको पूर्वानुमान गरिएकै थियो तर अनुमान गरिएअनुसारको तयारी चाहिँ थिएन । भूकम्पको पूर्वानुमान र तयारीबीचको ठूलो खाडलका कारण नै मुलुकले धेरै ठूलो क्षति व्यहोर्नुपर्यो । भूकम्पीय दृष्टिले नेपाल उच्च जोखिममा छ भन्ने कुरा विज्ञापनको हिसाबले मात्रै प्रचार गरियो, विपतको सामना गर्न समर्थ हुनेगरी तयारी गरिएन । राज्यको जुन संरचना छ, त्यसले काम गरेन । राज्यले आफ्ना लागि बनाएको आफ्नै घर समेत भत्किएका छन् । जसलाई भूकम्प प्रतिरोधी भनियो, त्यही घर भत्कियो । ‘भवन निर्माण आचारसंहिता’ लागू भएपछि बनेका सरकारी भवनहरु नै ढले । भूकम्प प्रतिरोधी भनिएका घर चार–पाँच वर्षमै के कारणले ढले ? यसप्रति गम्भीर हुनु आवश्यक छ । तर, यसो भन्दैमा सबै घरहरु ढलेका छैनन् । बलिया र राम्रोसँग बनाइएका घरहरु नभत्किएका प्रमाण पनि हामीसँग छन् । यसले के देखाउँछ भने जुन मात्रामा काठमाडौं ध्वस्त हुन्छ भनेर प्रचार गरिएको थियो, त्यस्तो देखिएन । काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको भनी एनजीओ–आईएनजीओले बढी प्रचार गरे तर सुरक्षासम्बन्धी काम चाहिँ गरेनन् । प्राकृतिक विपतसम्बन्धी सरकारले केही रणनीति त बनायो तर समयानुकूल संशोधन–परिमार्जन गरेन । स्थानीय निकायलाई अधिकारसम्पन्न निकाय बनाएनौं, ‘रिसोर्स’ सित स्रोत र साधनलाई एकीकृत गर्ने तथा उचित वितरण गर्न सक्नेगरी क्षमतावान् जनशक्ति तयार गरेनौं । तर, हामीसँग भएका सेना, प्रहरी, नागरिक समाजलगायत परोपकारी संस्थाहरुलगायत जति थिए, तिनले चाहिँ राम्रो काम गरेका छन् । बाहिर प्रचार भएजस्तो खत्तमै भएको अवस्था भने होइन । उद्धार र राहतका काम सम्पन्न भएसँगै अब हाम्रो ध्यान वृहत् नवनिर्माणकार्यमा जानु जरुरी छ ।
नवनिर्माणजस्तो ठूलो कार्यमा बाहिरको सहायोग लिनुपर्छ । तर, सहयोगका नाममा हामी वैदेशिक दासता स्वीकार्न चाहिँ सक्दैनौं । विपत्तिमा हामी सबै दुःखी छौं, पीडामा छौं, केही कठिनाइ छन् तर जस्तोसुकै चुनौतीमा पनि दासता स्वीकार्दैनौं; मुलुकको स्वाभिमान गिर्न दिँदैनौं । जुन मुलुकमा स्वाभिमान हुँदैन त्यस मुलुकका जनताका शिर ठाडो हुँदैहुँदैन । यति कुरा त बुझुनु पर्यो नि सचेत नागरिकले– खरबौं रकमभन्दा पनि मुलुकको स्वाभिमान निःसन्देह ठूलो कुरा हो ।
कसरी गर्ने पुनर्निर्माण ? \"Sindhupalchowkयस काम अन्तर्गत सबैभन्दा पहिले जनतालाई मनोवैज्ञानिक रुपमा ठीक ठाउँमा ल्याउनुपर्छ । यसको अर्थ भूगोललाई मात्रै होइन, मनस्थितिलाई नै यथास्थानमा ल्याउनुपर्छ । र, त्यसअनुरुप व्यवहार गुर्न पहिलो काम हो । मुलुकका यति धेरै आवश्यकता पूरा गर्न राष्ट्रिय एकता आवश्यक छ । सबै राजनीतिक दलहरु एकापसमा मिलेर सबै सरकारमै बस्ने हो या न्यूनतम सहमति कायम गरेर अगाडि बढ्ने हो ? यस विषयमा ठोस निर्णय अपरिहार्य छ । तर, संविधान निर्माण तथा स्थानीय निकायको निर्वाचनलाई सुनिश्चित गरेर मात्र यस विषयमा अगाडि बढ्न सकिन्छ । संविधान पछि बनाउँला, अहिले विपतमा लागौं भन्ने हुँदैन । संविधान निर्माण र राष्ट्रनिर्माण कार्यलाई सँगसँगै लैजानुपर्छ । यहाँ संविधान निर्माणजस्तो महान् कार्यलाई नियतिले अल्झाइदिएको छ । नियतिको खेलमा अल्मलिएको संविधान निर्माण सम्पन्न गर्नु जरुरी छ । विपत्तिमा राजनीतिक लाभ मात्र लिने कुरा सोचियो भने धेरै ठूलो गल्ती हुन्छ । राष्ट्र नै असफल भएपछि जोसुकैको राजनीतिले पनि केही हुनेवाला छैन । तत्काल स्थानीय निकायको निर्वाचन गरौं । अब राष्ट्रिय सरकार, बृहत् नवनिर्माण, संविधान, स्थानीय निकायको निर्वाचन– यी विषयमा एउटा सुस्पष्ट रणनीतिका साथ काम गरौं । अर्कोतर्फ, नवनिर्माण वा पुनर्निर्माणका आधारभूत तत्वहरु के–के हुन् ? यसमा ध्यान जानु जरुरी छ । सबैभन्दा पहिले कहाँ–कहाँ, कति–कति क्षति भयो ? यसको ‘एसिस्मेन्ट’ गर्नुपर्यो । हाम्रा सांस्कृतिक सम्पदा तथा पर्यटकीय महत्वका स्थलहरु कति भत्किए ? स्कुल, कलेज, विश्वविद्यालय, अस्पताल, सरकारी भवन, निजी घरहरु कति ढले ? यसको पूरै मूल्याङ्कन गर्नुपर्छ । दोस्रो, हामीले त्यसअनुसारको योजना बनाउनुपर्यो । कहीं–कतैका जमिनमा घरै बनाउनु नहुने अवस्था छ । यस्ता सन्दर्भमा भू–उपयोगसम्बन्धी नीतिलाई प्रभाकारी ढंगले लागू गर्नुपर्यो । पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्नुपर्छ । कतिपय अवस्थामा कानुन बनाउनुपर्ने पनि हुन सक्छ । यसमा राज्यले ध्यान दिनुपर्यो । माटोको ‘जियोलोजिकल स्टडी’ हुनुपर्यो । यस्तो अवस्थामा तत्काल स्थायी घर बनाहाल्नु भएन, अध्ययनपछि मात्रै कहाँ–कहाँ बनाउन सकिन्छ– सोहीअनुरुपको योजना बनाउनुपर्यो । विपत व्यवस्थापनका लागि तत्काल करिब तीन लाखजति संख्यामा अस्थायी टहराको आवश्यकता देखिँदै छ । ती टहरा स्थानीय सामग्री उपयोग गरेरै बनाउन सकिन्छ । स्थायी संरचना बनाउने काम अब हचुवाको भरमा गरेर हुँदैन । बृहत नवनिर्माण कार्य सम्पन्न गर्न ऋणपत्र सिन जारी गर्न सकिन्छ । जनतासँग थोरै ब्याजदरमा ऋण लिन सकिन्छ । वैदेशिक रोजगारीमा गएकासँग यथेष्ट रकम छ, उनीहरुबाटै ७–८ प्रतिशत ब्याजदरमा राष्ट्रको कोषमा पैसा जम्मा गर्न सकिन्छ । राज्यले आफ्ना नागरिकलाई विश्वासमा लिन सक्नुपर्छ, उनीहरुले सहयोग गर्छन् । जति संकट आए आत्तिएर काम चल्दैन । नवनिर्माण कार्य आफैंबाट सुरु गर्नुपर्छ, पछि मात्र अन्तर्राष्ट्रिय सहयोग लिन सकिन्छ । विपतको यस अवस्थामा दातृनिकायले सहयोग दिन चाहन्छन्, त्यो एउटा बास्केटमा आउनुपर्छ । उपयुक्त बास्केटको विश्वासिलो निकाय भनेको सरकारी कोष नै हो । दातृनिकायका सहयोग सरकारको बृहत पुनर्निर्माण योजनामा आउनुपर्छ । सरकारको बृहत योजनाभित्र नआउने दातृनिकायको सहयोगलाई अस्वीकार गर्नुपर्छ । दातृनिकायहरुलाई राज्यको नियतमाथि शंका छ भने उनीहरुसँगै बसेर क–कसले के–के गर्न सकिने हो, छलफल गर्न सकिन्छ । विश्वको उदारण हेर्ने हो भने तेस्रो विश्वमा सबैभन्दा बढी अनिमियता दातृनिकायले नै गरेका छन् । उनीहरुले एनजीओ–आईएनजीओ परिचालन गरेर अनियमितता गरेका छन् । मलाई लाग्दैन– तिनीहरुले ‘फेयर’ गरिरा’छन् । ठीक छ, राज्यले दातृनिकायलाई विश्वासमा लिनुपर्छ । लोकतान्त्रिक मुलुकमा सरकार जत्तिको विश्वासिलो संस्था अरु के हुन सक्छ ? यसलाई अलि विश्वासिलो बनाउनुपर्यो, बलियो बनाउनुपर्यो । यस कार्यका लागि पनि विज्ञहरुलाई सम्मिलित गर्नुपर्यो । राम्रा–राम्रा, ‘पब्लिक फेस’ भएका, कामप्रति इमानदार व्यक्तिहरुलाई यस प्राधिकरणमा राख्नुपर्यो । प्राधिकरणको काम–कारबाहीमा अनुगमन गर्न सक्ने आयोग बनाउनुपर्यो । नवनिर्माण कार्यमा सरकारले जति गर्न सक्छ, त्यति अरुले गर्न सक्दैन । सरकारको बृहत नवनिर्माण प्राधिकरणमा उनीहरुलाई समेट्नुपर्छ । अर्कोतर्फ मुलुकलाई नयाँ दिशा दिन १० अबरभन्दा ठूलो धनराशिको नयाँ योजना बनाउनुपर्यो । वस्ती कसरी विकास गर्ने ? घरहरु कस्ता बनाउने ? सडक–बाटाहरु कस्ता बनाउने ? सहर विस्तार कसरी गर्ने ? यावत् विषयमा योजनाबद्ध रुपमा कामको थालनी हुनुपर्यो । पूर्वाधार कस्तो बनाउने ? कहाँ–कहाँ बनाउने ? यस्ता आधारभूत विषयमा ठोस योजना तर्जुमा गरिनुपर्छ । यसो गरिएन भने ‘डिजास्टर’ बाहेक केही हुँदैन । अर्को महत्वपुर्ण कुरा, हामी सबै कुरामा बाहिरी मुलुकमै निर्भर छौं । निर्माण सामग्री, बजेट, प्राविधिकलगायत सबै चिज बाहिरैबाट ल्याउने कुरा सम्भव छैन । त्यसकारण लामो समयसम्म सञ्चालनमा रहने निर्माण कम्पनी नेपालमा कतिवटा छन् ? तिनीहरुको क्षमता विकास गर्नुपर्यो । यस्ता कम्पनीको क्षमता विकास गरियो र ती उद्यमशील भए भने मात्रै तिनले एक ठाउँमा बन्द हुँदा अर्को ठाउँमा काम गर्न सक्छन् । यस्तो बेलामा जस्तापाता, सिमेन्ट, फलामलगायतका धेरै सामग्री उत्पादन गर्ने ‘इन्ड्रस्ट्री’ निर्माण गर्नु आवश्यक छ । यसका लागि आवश्यक जनशक्ति तयार गर्नुपर्यो । काम गर्ने मानिसलाई तालिम दिनुपर्यो । राज्यले आफ्ना नागरिक रोजगारीका निम्ति बाहिर जानु नपर्ने स्थिति बनाउनुपर्यो । यति गर्न सकियो भने देशभित्रै उत्पाद बढ्छ, रोजगारीको सिर्जना हुन्छ र सरकालाई कर पनि आइरहन्छ; विकास–निर्माणका काम पनि अघि बढिरहेका हुन्छन् । नवनिर्माणको यस कार्यमा लाग्नुपर्ने बेला युवाहरु निराश भएर बस्ने होइन । सबै मिलेर महाविपत्तिको सामना गर्ने कि ‘फ्रष्टेड’ भएर बस्ने ? विशेषगरी युवाहरुको मनोबल उच्च हुनुपर्यो । यस कार्यमा सबैको हातेमालो हुनु जरुरी छ । युवाहरुले आफूलाई राष्ट्रिय जनशक्ति ठानेर राष्ट्रिय संकल्प गर्नुपर्छ । राजनीतिक दल, सेना, पुलिस, नागरिक समाज सबै एकताबद्ध हुनुपर्यो । सहयोग दिँदा के स्वार्थ रहन्छ दातृ निकायहरुको ? हाम्रो मुलुकजस्तै विकासशील मुलुक हैटीमा हेर्नुभयो भने सन् २०१० मा गएको विनाशकारी भूकम्पपछि त्यहाँ पुनर्निर्माणका लागि १४ खरब बराबरको सहयोग गयो । उक्त सहयोग एनजीओमार्फत परिचालन गरिएयो । तर, सो रकम प्रशासनिक खर्च, भत्ता र आवत–जावतमा मात्रै सकियो; वास्तविक पीडितले त केही पनि पाएनन् । यसकारण अहिले नेपालमा सहयोग आएको भनिएको १ अरबभन्दा केही बढी रकममध्ये ८० प्रतिशत त नेपालीकै सहयोग हो । त्यसैले दाताहरुले पनि उनीहरुको मोडेलमा होइन, हाम्रो मोडेलमा चाहिँ सहयोग गर्नुपर्छ । अमान्य छ सहयोगका नाममा वैदेशिक दासता नवनिर्माणजस्तो ठूलो कार्यमा बाहिरको सहायोग लिनुपर्छ । तर, सहयोगका नाममा हामी वैदेशिक दासता स्वीकार्न चाहिँ सक्दैनौं । विपत्तिमा हामी सबै दुःखी छौं, पीडामा छौं, केही कठिनाइ छन् तर जस्तोसुकै चुनौतीमा पनि दासता स्वीकार्दैनौं; मुलुकको स्वाभिमान गिर्न दिँदैनौं । जुन मुलुकमा स्वाभिमान हुँदैन त्यस मुलुकका जनताका शिर ठाडो हुँदैहुँदैन । यति कुरा त बुझुनु पर्यो नि सचेत नागरिकले– खरबौं रकमभन्दा पनि मुलुकको स्वाभिमान निःसन्देह ठूलो कुरा हो । विकास निर्माण या विपत व्यवस्थापन कार्यमा दातृनिकायसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न नसक्नुमा सरकारको पनि कमजोरी छ । सरकारले पनि उनीहरुलाई विश्वासमा लिनुपर्यो । विपतको यस अवस्थामा रुकमभन्दा पनि प्राविधिक सहयोग आवश्यक छ । सरकारले दातृनिकायसँग कस्तो–कस्तो सहयोग लिने ? स्पष्ट नीति हुनुपर्छ र त्यसैअनुसार मात्रै अन्तर्राष्ट्रिय निकायसँग डिल गर्न सकिन्छ । नवनिर्माणका लागि सरकारी कर्मचारी मात्र होइन, बाहिर रहेका नागरिकलाई समेत परिचालन गरेर ‘निर्माण स्वयमसेवक’ तयार गर्नुपर्छ । विपत व्यवस्थापन : विकास समितिको भूमिका नवनिर्माण कार्यमा स्पष्ट नीति र योजना तयार गर्न संसदमा विकास समितिले निरन्तर आवाज उठाइरहेको छ । विकास समितिको सभापतिको नाताले प्रधानमन्त्री, प्राविधिक र विज्ञहरुसँग मैले निरन्तर छलफलल गरिरहेको छु । विपत व्यवस्थापन ऐन बनेको लामो समयसम्म पनि संसदबाट त्यो पारित हुन सकेको छैन । अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको विपत व्यवस्थापन ऐन पारित गर्नु नै हो । यसका लागि हामी आवश्यक सुझावसहित विशेष पहल गर्छौं । राष्ट्रिय योजना आयोगले तयार पारेको बृहत योजनमाथि विज्ञहरु राखेर शुक्रबारदेखि नै विपत व्यवस्थापनमा गम्भीर छलफल गर्छौं । र, आवश्यकताअनुरुप निर्देशन दिन्छौं । मोडालिटी : पुनर्निमाण या नवनिर्माणको नवनिर्माणको यस घडीमा हामीले हैटी या पाकिस्तान, गुजरात या जापान, चाइना या इन्डोनेसियाका मोडेलको पछि लाग्नु उचित हुँदैन । गुजरात मोडेल नेपालका सन्दर्भमा अरु मोडेलभन्दा केही निकट हुन सक्छ । यी सबै मोडेलहरुलाई एक ठाउँमा ल्याएर अध्ययन गर्नु आवश्यक छ । मोडालिटी तयार गर्दा सबै स्रोतहरु एकै ठाउँमा आउने, प्राकृतिक स्रोतहरुको भरपूर परिचालन हुने, कामको समुचित बाँडफाँड हुने र पूर्वाधारको विकास गर्ने कुरामा विशेष ध्यान पुर्याइनुपर्छ । साथसाथै अब हामीले पुनर्निर्माणसँगसँगै राष्ट्रिय गौरवका योजनाहरुलाई पनि निरन्तरता दिनुपर्छ । पुनर्निर्माण कार्य गर्दा राष्ट्रिय गौरवका योजना रोक्नु बेठीक हुन्छ । यी कामका लागि रकमको अभाव हुँदैन, अपुग भए आवश्यकताअनुरुप झिकाउन सकिन्छ; त्यो ल्यागत हामीसँग छ । रकम त नागरिकसँग जति पनि छ, उनीहरुलाई विश्वासमा लिएर आह्वान गरियो भने बजेट जुट्छ । हामी गरिब होइनौं, सोचाइको गरिबी हो । इस्र्या, डाहा, लोभ–लालचजस्ता प्रवृत्तिले मात्र यस्ता कुरालाई बिगार्ने हो । इस्र्या गरेनौं र सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भएर काम गर्यौं भने नवनिर्माण कार्य कठिन छैन । देशले काँचुली फेर्ने छ, पूर्वाधार निर्माण नयाँ चरणमा प्रवेश गर्ने छ, औद्योगिक विकासको नयाँ चरण सुरु हुने छ । यस विपत्तिको सामना गरेर दुनियाँका सामु राम्रो उदाहरण प्रस्तुत गर्न सकिन्छ । तर, उही पुरानो राजनीतिक खेल तथा क्षुद्र फाइदा–घाटामा मात्रै रुमल्लियौं भने हामी फेरि कहिल्यै उत्तीर्ण हुन नसक्नेगरी असफल हुन्छौं । ठीक हुँदैन, नाम मात्रको ‘राष्ट्रिय सरकार’ विपत व्यवस्थापनका नाममा नाम मात्रैको ‘राष्ट्रिय सरकार’ बनाइनुको कुनै औचित्य हुँदैन । भूकम्पको मौका पारेर सरकार बनाउन खोज्नुको कुनै औचित्य छैन । त्यसकारण राष्ट्रिय सरकारका निम्ति पहिले के काम गर्ने ? त्यसको भिजन के हो ? राष्ट्रिय विपत्तिको सामना कसरी गर्ने ? यी र यस्ता विषयमा स्पष्ट खाका अगाडि ल्याइनुपर्छ । यस्तो विपत्तिका बेला क्रियाशील हुने सरकार राष्ट्रिय एकताको हुनु जरुरी छ । काममा एकरुपता हुनुपर्र्छ । सरकारले केही गरेको छैन भन्ने कुरा ठीक छैन । तर, सरकारले जुन ‘पर्फमेन्स’ देखाउनुपर्ने हो, त्यसअनुरुप हुन नसकेको कुरामा विमति छैन । सरकारले राम्रोसँग कार्यसम्पादन गर्न सकेको छैन, कार्यविभाज भइ’रा छैन । सुगम र दुर्गममा राहत बाँड्दा समेत सरकारले उचित ध्यान पुर्याउन सकेको छैन । अन्त्यमा, महाविपत्तिको यस दुःखद घडीमा आत्तिनुपर्ने हुँदैन । सबै कुरालाई नकारात्मक ढंगले बुझ्नु हुँदैन । विनासबाट नै विश्वमा विकास भएका धेरै उदारण हाम्रा अगाडि छन् । हामीसँग आर्थिक स्रोत पनि छ, जनशक्ति पनि छ तर ठीक ढंठगले परिचालन गर्न सकिएको छैन । विपतको यस कठिन कालखण्डमा हामीमा उचित योजना र संकल्प चाहिएको छ । राष्ट्रिय विपतसँगै डरलाग्दा सामाजिक समस्याहरु पनि छन् । सहरी विकास, ग्रामीण विकास, पूर्वाधार विकास तथा औद्योगिक विकासलाई ध्यान दिएर एकीकृत योजना विकास गर्न सकिएमा नवनिर्माण कार्य सम्पन्न गर्न बिल्कुलै सम्भव छ । (खबरडबलीकर्मी गणेश पाण्डेसँगको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies