Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अदालत परिसरबाटै ४ पटक पक्राउ परे पूर्व सभासद राई

काठमडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सभासद किरणकुमार राई चौथोपटक पक्राउ परेका छन् । सुनसरी–१ का पूर्व सभासद राईलाई प्रहरीले प्रदेश १ को उच्च अदालत परिसरबाट पुनः चौथो पटक पक्राउ गरी धरान वडा प्रहरी कार्यालयमा ल्याएको हो । उनीसहित ३ जना स्थानीय नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा दिव्सन लिम्वु, नवराज भट्टराई र माधव शर्मा रहेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-उनीहरुलाई पहिलो पटक ५ चैतमा धनकुटाको हिलेस्थित हिले भ्यु होटलवाट पक्राउ गरी सार्वजनिक अपराध को मुद्धामा १ महिना हिरासतमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाडेकै दिन पुनः प्रहरीले पक्रेर उदयपुरको गाइघाट लगेको थियो । गाइघाटमा २ हप्ता राखेपछि पुनः जिल्ला अदालतले धरौटीमा छाडेको थियो । तर, प्रहरीले पुनः अदालत परिसरबाट निस्किने वित्तिकै उनीहरुलाई पक्राउ गरी मोरङको उर्लाबारी थानामा राखेको थियो । सार्वजनिक अपराधको प्रतिवेदन तयार गरी अड्डासार गर्दै ल्याइएका प्रतिवादीको तर्फवाट ईश्वर राई (निसाफ) ले ६ जेठमा उच्च अदालतमा वन्दी प्रत्यक्षीकरण निवेदन हालेका थिए । निवेदनपछि ८ जेठमा उच्च अदालत विराटनगरले उनीहरुलाई छाड्ने आदेश दिएको थियो । प्रहरीले लगाएको अरोपमा कुनै आधार नभएको भन्दै अदालतले तुरुन्त छाडन आदेश दिएको थियो । अदालतको आदेशले छुटे लगत्तै उनीहरु चारै जनालाई धरान प्रहरीले गिरफ्तार गरेको थियो । पक्राउपछि सार्वजनिक अपराधको मुद्धा लगाइ उनीहरुलाई थुनामा राखिएको छ । ४ दिन अघि मोरङ जिल्ला प्रशासनबाट छुटे लगत्तै पक्राउ गरी धरान ल्याइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत उनीहरुलाई कारवाही हुने डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । उनीहरुमाथि विकास र सम्वृद्धिको बाधकका रुपमा राज्य विरुद्धको अपराधको मुद्धा रहेको डिएसपी पौडेलले जानकारी दिए । उनीहरुलाई अड्डासार गर्दै धरान ल्याइएको उनले बताए । विप्लव नेतृत्वको पार्टीका स्थानीय कार्यकर्ता भएकै आधारमा अड्डासार गर्दै थुनेर राख्नुले राजनीतिक आस्था राख्न पाउने नागरिक अधिकार हनन भएको भन्दै नेपाल मानव अधिकार मञ्चले विरोध जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending