Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मन्त्री लालबाबु पण्डितको खुलासाः सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् । सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।  मन्त्री पण्डितले सुन तस्करमा संलग्न कसैलाई पनि छोड्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । “कुनै रहस्य यदी छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठूला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् ।” पण्डितले भने । “कोही पनि राजनीतिकर्मीहरुको नाम आयो भने पनि छुट पाउने स्थिती हुँदैन । प्रमाणको आधारमा छानबिन हुन्छ ।” छानबिन समितिको प्रतिवेदनले जोकोहीको संलग्नता पुष्टी गरे पनि सरकारले कानुनअनुसार कारबाही गर्ने पण्डितले बताए । “सुन तस्करमा संलग्नको पर्दाफास गर्न लागि नै सरकारले समिति बनाएको हो । समितिलाई पूर्ण सहयोग गरेर तस्करमा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ ।” पण्डितले भने । “जनताको तहमा जनप्रतिनिधीको तहमा, सरकारको तहमा, राजनीतिक पार्टीको तहमा र कर्मचारीको तहमा भएमा पनि यदी छन् भने कसैले पनि छुट पाउँदैनन् ।” सरकारले ल्याएको नीति तथा कार्यक्रम देश र जनताको हितमा रहेको दाबी गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ भन्नु धर्म मात्रै भएको उनले बताए । यद्यपी संसदमा हुने छलफलमा सकारात्मक सुझाब आएमा त्यसलाई बजेटमा समावेश गरिने मन्त्री पण्डितले बताए । सत्तापक्षले नीति तथा कार्यक्रममाथि कुनै पनि संशोधन दर्ता नगराउने पण्डितले स्पष्ट पारे । संविधान संशोधन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश नगरिएकोप्रति आलोचना भइरहँदा मन्त्री पण्डितले संविधान संशोधन गर्नका लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न आवश्यन नरहेको बताए । “नीति र कार्यक्रममा नआइकन संविधान संशोधन हुँदैन भन्ने कसैको भनाई छ भने त्यो बुझाई नै गलत हो ।” उनले भने । संविधान संशोधन नीति तथा कार्यक्रममा आउने विषय नै नभएको पण्डितको तर्क छ । अहिले तत्काल संविधान संशोधन गर्न आवश्यक नरहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending