Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

एकताको लागि यसरी विश्वस्त भएका थिए प्रचण्ड

काठमाडौं । गत साता माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दै थिए, ‘पार्टी एकता हुने र नहुने ५०/५० प्रतिशत छ ।’ उनलाई आशंका थियो, एमालेमा माओवादी विलय गराउने प्रपञ्च हुन्छ कि ? एकता भइसकेपछि बहुमतको छडी लाग्छ कि ? जनयुद्धको इतिहासमा कालो बादल मडारिन्छ कि ? एकतामा विभिन्न शक्तिको चलखेल हुन्छ कि ? अाजको कान्तिपुरमा खबर छ-तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कटाक्षका शब्द प्रयोग गर्न थालेकाले पनि प्रचण्ड सशंकित थिए । एकतामा ‘ब्रेक’ लागेपछि प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल अघि बढाए । ओलीले पनि केही दिन एकतामा चासो दिएनन् । एकताको गाडा निकै अघि बढेर पनि गत साता ठूलै ब्रेक लागेको थियो । ‘जसरी पनि एकता गर्नुपर्छ । ढुक्क हुनुहोस्, एकीकरणपछि तपाईं (प्रचण्ड) लाई अप्ठ्यारो पर्दैन,’ तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतम प्रचण्डलाई आश्वस्त पार्दै थिए । सञ्चारमाध्यममा ओली–प्रचण्ड खटपटको खबर व्यापक भइसकेको थियो । दुवै दलका कार्यकर्ता अन्योलमा थिए, ‘एकता हुन्छ कि हुँदैन ?’ यसबीच एकताका लागि निरन्तर खटिएका एमालेका वामदेव गौतम, विष्णु पौडेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मालगायतको सक्रियता बढ्यो । एमाले नेताहरू ओलीका दूत बनेर प्रचण्डकहाँ र माओवादी नेताहरू ओलीकहाँ पुगेर एकता खल्बलिन नदिन कसरत थाले । प्रचण्ड आफैं पनि चिन्तित थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सन्देश पुर्‍याए, ‘पार्टी एकता भएन भने देश बर्बाद हुन्छ । मिल्छ भने केही सुझाव दिनुहुन्छ कि  ?’ राष्ट्रपतिको सुझाव ओलीकहाँ पुगेको स्रोतको दाबी छ । प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि जतिसक्दो छिटो एकताका लागि सक्रियता लिन आग्रह गरे । पछिल्लो समय ओलीसँग राम्रो सम्बन्ध भएका नेपालले ओलीलाई विश्वस्त पारेको स्रोतको भनाइ छ । सैद्धान्तिक रूपमा खास विवाद नभए पनि सांगठनिक रूपमा लचक भएर छिट्टै एकता गर्न ओली–प्रचण्ड दुवैलाई दबाब बढिरह्यो । दुवै नेताका आशंका मेटाउन एमाले–माओवादीका अन्य नेताहरूले सूचना आदानप्रदान गरिरहे । त्यसो त ओली र प्रचण्डबीच संवाद टुटिसकेको थिएन । पहिलो चरणको सहमति बन्यो– ओलीले-प्रचण्डसँग छलफल गरी सरकारका कामकारबाही अघि बढाउने । दाहालले ओलीप्रति बढी शंका नगर्ने । अनि मात्र एकताका लागि यो साता छलफल सुरु भयो । खासगरी केन्द्रीय र स्थायी समितिको विवाद मिलाउन दुवै नेताले दोस्रो तहका नेतालाई खटाए । माओवादीले भनेजस्तो बराबरीका आधारमा पनि भएन, एमालेले भनेजस्तो ७० र ३० प्रतिशतका आधारमा पनि भएन । एमालेको ५५ र माओवादीको ४५ प्रतिशत हाराहारी सहभागितामा संगठन बन्ने गरी सहमति भयो । ओली र प्रचण्ड दुवै अध्यक्ष हुने र अन्य वरिष्ठ नेताहरूलाई उचित स्थान दिने सहमति बन्यो । प्रचण्डका अधिकांश आशंकाहरू ओलीले मेटाइदिए । प्रचण्ड पनि तत्कालै ओलीको वचनमा आश्वस्त भए । केन्द्रीय समिति आलोपालो चलाउने र महत्त्वपूर्ण निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर गर्ने सहमति यसअघि नै भइसकेको थियो । ‘गत साता दुवै नेतामा मनोवैज्ञानिक त्रास थियो, दुवै शेर हुने कि मिलेर जाने ?’ एकतामा सक्रिय एक नेताले भने, ‘दुवै अध्यक्षले दुई दिन घण्टौं एक्लाएक्लै कुरा गरेपछि त्रास हट्यो र छिटो एकता सम्भव भयो ।’ ओलीले बिहीबार एकता समारोहमा राष्ट्रिय सभागृहमा खुलेरै भने, ‘प्रचण्डले नचाहेको भए एकता हुँदैनथ्यो, मैले नचाहेको भए पनि एकता हुँदैनथ्यो । दुवैको चाहनाले एकता भएको हो ।’ प्रचण्डकी स्वकीय सचिव एवं पुत्री गंगा दाहालले दुवै अध्यक्षले एकअर्काका चासो सम्बोधन गरेपछि छिटो एकता सम्भव भएको बताइन् । ‘दुवै अध्यक्षले एकअर्काका प्रस्ताव स्वीकार गरेकाले तत्काल एकता सम्भव भएको हो,’ उनले भनिन् । स्रोतका अनुसार ओली र दाहालबीच एकताका साथै प्रधानमन्त्रीमा पनि आलोपालो गर्ने ‘सहमति’ छ । तर त्यसबारे केही सार्वजनिक गरिएको छैन । सरकारले भन्दै आएको ‘समृद्धि’ को जग बसालेपछि आलोपालो गर्दा फरक नपर्ने दुवै नेताको बुझाइ छ । ‘पार्टी एउटै भएपछि सहमतिमा सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा ठूलो होइन,’ नेकपा स्थायी समितिका एक सदस्यले भने । नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटाले बिहीबार एकतापछि भने, ‘दुवै अध्यक्षले निर्वाचनमा गरेको वाचा र एउटै पार्टी बनाउने पुरानै सपना पूरा गर्न तथा मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एकता अपरिहार्य थियो, त्यो बिहीबार सम्भव भयो ।’ केही दिनअघि प्रचण्डले आफू पदीय स्वार्थभन्दा मुलुकको स्थार्थका लागि पार्टी एकीकरणमा लागेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending