Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

५६ वर्षअघि यसरी फुटेको थियो नेकपा

१० वैशाख ००६ मा गठन १० वैशाख ००६ अर्थात् २२ अप्रिल १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा स्थापना नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, शम्भुराम श्रेष्ठ र मोतीदेवी श्रेष्ठ संस्थापक थिए । कतिपयले मोतीदेवीलाई संस्थापक मानेका छैनन् । अाजको नयाँ पत्रिकामा खबर छ-००६ देखि ०१९ सम्म १३ वर्ष पार्टी केही आन्तरिक विवादबीच एकै धारमा अगाडि बढ्यो । अनि, ०१९ मा फुट्यो गठन भएको दुई वर्षपछि अर्थात् ००८ देखि नेकपामा गुटबन्दी सुरु भयो । त्यसबीचमा पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी र दोस्रोबाट महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव निर्वाचित भए । ९ माघ ००८ मा जनता दलका नेता डा. केआई सिंहले गरेको सत्ता कब्जाको कदमलाई समर्थन गरेपछि १० माघमै कम्युनिस्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको थियो । तर, नेकपाका महामन्त्री मनमोहन अधिकारीका नाममा संवैधानिक राजतन्त्र स्वीकार गरिएको विज्ञप्ति जारी भएपछि ४ वैशाख ०१३ मा प्रतिबन्ध हटेको प्रा. डा. सुरेन्द्र केसीले पुस्तक ‘नेपाल कम्युनिस्ट पार्टीको इतिहास’मा लेखेका छन् । यसपछि नेकपामा दुई लाइन संघर्ष चर्कियो । तर, पार्टी विभाजनकै स्थितिमा भने पुगेको थिएन । १ पुस ०१७ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि तत्कालीन महासचिव केशरजंग रायमाझीले शाही कदमको समर्थन गरे । त्यतिवेला उनी मस्कोमा थिए । रायमाझीको यही निर्णय नै पार्टी फुटको कारण बन्यो । ०१८ मा भारतको दरभंगामा बसेको पार्टी विस्तारित बैठकमा रायमाझीले संसदीय प्रणाली पुनस्र्थापना हुनुपर्ने प्रस्ताव गरे । उनको पक्षमा पार्टीभित्र रहेको १७ मत थियो जुन अल्पमत थियो । संविधानसभाको निर्वाचनमा जानुपर्छ भन्ने प्रस्तावको पक्षमा बहुमत थियो । तर, यो पनि कार्यान्वयन भएन । विवादबीच ४–१५ वैशाख ०१९ मा भएको तेस्रो महाधिवेशनले महासचिव रायमाझीलाई पार्टीबाट हटायो । तर, उनले आफ्नो समूह पुनर्गठित गरे । तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिव निर्वाचित भए, तर संस्थापक पुष्पलालबीच मतभेद चुलिएर पार्टी फुट्यो । पुष्पलालले निर्वाचित ६ जना केन्द्रीय सदस्य लिएर आफ्नो समूहको अलग्गै सम्मेलनमार्फत नयाँ केन्द्रीय समिति बनाए । पार्टी फुटेपछि नेताका आ–आफ्ना समूह पार्टी फुटेपछि पूर्व कोसीप्रान्तीय कमिटी नामको अर्को समूह पनि उदायो । त्यतिवेला रायमाझी र अमात्य समूह रुसमा लेनिनले गरेको क्रान्तिको पक्षधर थियो । तर, पुष्पलाल समूह चिनियाँ क्रान्तिको पक्षधर थियो । कोसीप्रान्तीय कमिटीलगायत समूह चिनियाँ क्रान्तिको पक्षधर थिए । त्यसपछि श्रेष्ठ, अमात्य र रायमाझी समूहभित्रै अनेकौँ फुट पैदा भए । समूहहरू यसरी फुट्दै र जुट्दै आए पुष्पलाल समूहबाट अलग्गिएका मदन भण्डारी, जीवराज आश्रितलगायत नेता, झापा समूहका सिपी मैनाली, केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल मिलेर कोअर्डिनेसन कमिटी हुँदै नेकपा माले गठन गरे । पुष्पलाल समूहबाट अलग भएका र सो समूहमा निरन्तर रहेका क्रमशः नेकपा माले र माक्र्सबादीबीच ०४८ मा पार्टी एकीकरण भएर नेकपा एमाले गठन भयो । ०५४ मा फुटेर माले गठन गरेका वामदेवलगायत नेता पुनः एमालेमै फर्किए । तर, सिपी मैनालीले अहिले पनि मालेको अस्तित्व बचाइरहेका छन् । एमालेको अस्तित्व भने बिहीबार नेकपा स्थापनासँगै समाप्त भएको छ । रायमाझी समूहमा लागेका नेताहरू विभिन्न गुट, उपगुटमा विभाजन हुँदै कृष्णराज बर्मा र विष्णुबहादुर मानन्धर समूहको अस्तित्वमा थिए । मानन्धर समूहको बिरासतका रूपमा रहेको नेकपा संयुक्त गत निर्वाचनअघि माओवादी केन्द्रमा विलय भयो । बर्मा विगतमा एमाले प्रवेश गरेका थिए भने अहिले स्वतन्त्र छन् । रायमाझी समूहमा त्यतिवेला रहेका हृदयेश त्रिपाठी मधेसको क्षेत्रीय राजनीतिमा लामो समय सक्रिय रहे । पछिल्लोपटक तमलोपामा रहेका उनले पार्टी त्यागेपछि एमालेको निर्वाचन चिह्नबाट चुनाव जितेर अहिले प्रतिनिधिसमामा निर्वाचित भएका छन् । तर, उनले औपचारिक रूपमा कम्युनिस्ट पार्टी प्रवेश गरेका छैनन् । तुलसीलाल अमात्यले नेतृत्व गरेको अमात्य समूह, मानन्धर समूह र बर्मा समूह मिलेर नेकपा संयुक्त गठन भयो । बर्मा र अमात्य अलग–अलग एमालेमा प्रवेश गरे । बर्मा अहिले स्वतन्त्र छन् । ०२८ को एकता प्रयास असफल कम्युनिस्टहरूबीच एकीकरणका लागि ०२८ मा भएको प्रयास सफल भएन । २० मंसिर ०४८ मा गठन भएको केन्द्रीय न्युक्लियसमा मनमोहन अधिकारी, मोहनविक्रम सिंह, शम्भुराम श्रेष्ठ, निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, भरतमोहन अधिकारी, कमल कोइराला, जयगोविन्द शाह, रामबहादुर ह्याल्मो र सिद्धिलाल सिंह थिए । न्युक्लियसमा पुष्पलाल, अमात्य र रायमाझी समूह भने सहभागी भएनन् । विभाजनपछि पार्टी एकताको त्यो पहिलो प्रयत्न थियो । न्युक्लियस लामो समय टिकेन । त्यतिवेला मोहनविक्रम सिंह संविधानसभा पक्षधर थिए भने मनमोहन विपक्षी । मनमुटावकै बीच मोहनविक्रम समूहले ३० भदौ ०३१ मा भारतमा चौथो महाधिवेशन आयोजना गरेर मोहन विक्रमलाई महामन्त्री निर्वाचित ग-यो । उनको समूहमा निर्मल लामा, जयगोविन्द शाह, भक्तबहादुर श्रेष्ठ, चित्रबहादुर केसी, मोहन वैद्य, ऋषि देवकोटा ‘आजाद’ र खुबीराम आचार्य थिए । पार्टीको नाम नेकपा चौथो महाधिवेशन राखियो । मनमोहन अधिकारी समूह त्यहा“ सामेल भएन । तर, चौम समूह पनि फुट्यो । एउटा समूहको नेतृत्व मोहनविक्रम सिंहले गरे भने उनलाई कारबाहीको निर्णय गर्दै अर्को समूहको नेतृत्व निर्मल लामाले गरे । लामापछि भक्तबहादुर श्रेष्ठ महामन्त्री भए । त्यहाँ पनि विवाद भएपछि निर्मल लामा र ऋषि देवकोटा आजादले राजीनामा दिए । त्यसपछि मोहनविक्रम समूह र निर्मल लामा समूहबीच फुट भयो । ०४१ मंसिरमा भारतको अयोध्यामा भएको पाँचौँ महाधिवशेनबाट मोहन वैद्य महामन्त्री भए । र पार्टीको नाम नेकपा मशाल राखियो । निर्मल लामा सो समूहमा थिएन । उनको समूहले भने चौमलाई निरन्तरता दियो । यता, मशालबाट चारित्रिक कारण देखाउँदै महाधिवेशन भएको दुई वर्षभित्रै मोहनविक्रममाथि कारबाही भयो । त्यसपछि मोहनविक्रम समूहले नेकपा मसाल गठन ग¥यो, जसलाई पातलो मसाल र वैद्य महामन्त्री रहेको समूहलाई मोटो मशाल भनियो । सेक्टर काण्डपछि वैद्य समूहमा प्रचण्ड महामन्त्री भए । एकताको अर्को प्रयास कम्युनिस्ट पार्टीभित्र एकताको पहल पुनः सुरु भयो । तत्कालीन माले र माक्र्सवादी मिलेर एमाले गठन भएकै वर्ष ०४८ मा नेकपा मशाल, नेकपा चौम (निर्मल लामा), सर्वहारावादी श्रमिक संगठन (रूपलाल विक) र क्रािन्तकारी मशालबीच एकता भयो । एकताकेन्द्र नाम राखिएको सो पार्टीको महामन्त्री प्रचण्ड नै भए । एकता महाधिवेशनमा प्रचण्डले प्रस्ताव गरेको दीर्घकालीन जनयुद्धको कार्यनीति पास भयो । तत्काल जनयुद्ध थाल्नुपर्छ भन्ने पक्षधर प्रचण्ड नेतृत्वको समूहले नेकपा माओवादी गठन गरेर जनयुद्ध थाल्यो । निर्मल लामा नेतृत्वको समूहले जनयुद्धलाई साथ दिएन । लामा समूह र मोहनविक्रम सिंहको नेतृत्वको मसालबीच एकीकरण भएर एकताकेन्द्र मसाल गठन भयो । एकताकेन्द्र मसाल पनि सग्लो रहेन । नारायणकाजी श्रेष्ठले एउटा धारको नेतृत्व गरे, मोहनविक्रम सिंह समूहले पुरानै मसाल पुनर्गठन ग-यो । एकताकेन्द्र मसालका नेता केशव नेपालले नेकपा २००६ नामक पार्टी गठन गरेर माओवादीसँग विलय गरे । पछि नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मसाल पनि माओवादीमा विलय भयो । नारायणकाजी समूहसँगको एकतालाई अस्वीकार गर्दै एकीकृत माओवादीमा जान अस्वीकार गरेका मातृका यादवको समूह, मणि थापा नेतृत्वको समूह, मोहन वैद्य नेतृत्वमा अलग्गै पार्टी गठन गरेका रामबहादुर थापा बादल नेतृत्वको समूह मिलेर माओवादी केन्द्र गठन भयो । माओवादीबाट मोहन वैद्य र नेत्रविक्रम चन्द समूह छुटिएर अलग्लै पार्टी चलाइरहेका छन् । माओवादी छाडेका डा. बाबुराम भट्टराईले त कम्युनिस्ट पार्टी त्यागेर नयाँ शक्ति पार्टी चलाइरहेका छन् । पुष्पलाल समूहबाट छुटिएका नारायणमान बिजुक्छेको नेतृत्वमा नेपाल मजदुर किसान पार्टी अहिले भक्तपुर र कर्णालीका केही जिल्लामा आधार बनाएर चलिरहेको छ । एमालेबाट फुटेको मालेको एउटा समूहलाई लिएर सिपी मैनालीले नेकपा माले चलाइरहेका छन् । बर्मा समूह र मालेमाबीच एकीकरणपछि गठन भएको नेकपा मालेमा केन्द्र माओवादीमा विलय भइसकेको छ । बिहीबार एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएसँगै तेस्रो महाधिवेशनबाट छुटिएको मूल धार एकै ठाउँमा आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending