Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मन्त्रीपरिषद्ले गर्यो धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश

पोखरा । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले गरेको निर्णयअनुसार सम्बन्धित मन्त्रालयमा केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले कास्कीको माछापुच्छे« गाउँपालिकाका वडाको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ । माछापुच्छ«े गाउँपालिकाले विधिवत् रुपमा गरेको निर्णयअनुसार साबिकको ल्वाङघलेल गाविसको १ देखि ४ नं वडालाई वडा नं ८ र ५ देखि ९ नं वडालाई ९ नं वडामा रहने गरी सिफारिश गर्ने निर्णय गरिएको छ । उनका अनुसार प्रदेशको आर्थिक कार्यविधि नियमावली नबन्दासम्म नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली २०६४ बमोजिम कार्यसम्पादन गर्ने बैठकले निर्णय गरेको छ । सरकारले आव २०७५÷७६ को बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उहाँले तत्काल सशर्त र विशेष अनुदानबाहेक २० अर्बको सिलिङअनुसार बजेट ल्याउन लागिएको बताए । बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खोप ऐन, २०७५ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को २०७४ चैत १४ को बैठकबाट प्राकृतिक स्रोत साधन दोहन भएको सम्बन्धमा गठित कार्यदलबाट आजको बैठकमा प्रतिवेदन पेश भएकामा त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर आगामी मन्त्रिपरिषद् बैठकमा ल्याउन उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यही आव २०७५÷७६ को बजेट अधिवेशन आगामी जेठ १६ गते ४ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय पनि भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending