Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

वाइसीएलको एक महिने खबरदारी अभियानः जनतासँगै बसेर जनप्रतिनिधिलाई झकझकाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले एक महिने खबरदारी अभियान सञ्चालन भोलिबाट शुरु हुँदैछ । देशब्यापि रुपमा हुने यो अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुनेछ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । उनका अनुसार भोलि जेठ ३ देखि एक महिनासम्म अभियान सञ्चालन हुनेछ । ‘गत बैशाख ३१ गते ऐतिहासिक स्थानीय निर्वाचन भयो तर एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिको बाचाहरु अपुरै छ’ उनले भने एक बर्षसम्म जनताले परिर्वतनका महसुस गर्न नपाएकाले खबरदारी अभियान सञ्चालन गरेका हौं ।’ ‘चुनावी प्रतिबद्धता अभियानमा सहभागी बनौं, अमुल्य मतदान गरेर जिताएकालाई निगरानी गरौं’ भन्ने मूल नाराका साथ वाइसीएल जनताको बीचमा जान लागेको महासचिव सुबोधराज शेर्पालीले बताए । ‘हामी सधैं जनताकै साथमा थियौं र छौं पनि’ शेर्पालीले भने ‘जनताको हरेक दुःख, सुखमा वाइसीएल साथ दिन्छ ।’ ‘जनप्रतिनिधिले के प्रतिबद्धता गरेका छन्, अहिलेसम्म के–के पूरा भयो, के–के बाँकि छन् हामी झकझकाउँछौं’ वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले भने । उनकानुसार यो अभियान देशभर नै सञ्चालन गरिनेछ । हरेक स्थानीय तहमा जिल्ला वाइसीएलले ज्ञापनपत्र दिने, अनियमितता पर्दाफास गर्ने र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनेजस्ता कार्यक्रम हुने बताए । खबरदारी अभियानसँगै वासीएलले ‘तीन दिन, तीन रात, तीन छाक–वाइसीएलको अभियान जनताको साथ’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending