डडेल्धुरा । गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् ।
स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिकसत्रमा ४२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएको हो । यो शैक्षिकसत्रबाट नै अजयमेरु गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ भने भागेश्वरका गाउँपालिकामा रहेका ३० मध्ये नमूनाका रुपमा यो शैक्षिकसत्रबाट आठ विद्यालयका साथै परशुराम नगरपालिकाका ६४ विद्यालयमध्ये दुई वटामा अंग्रेजी भाषामा पढाइ भइरहेको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताए । गाउँपालिकामा निजी विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि बालबालिकालाई अभिभावकले समुदायिक विद्यालयमा भर्ना गर्न छाडेका थिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि स्थानीय सरकारले त्यहाँ अंगे्रजी माध्यमबाट पढाउन शुरु गरेको अजयमेरु गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का वडाध्यक्ष शिवराज भट्टले जानकारी गराए । अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंगे्रजी माध्यमबाट पढाउनका लागि तालीमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टले उल्लेख गरे । पछिल्लो समयमा सरकारी तथा सामुदायिक विद्यालयमा पढाइको गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय सरकारले प्रयास गरेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ, शिक्षकलाई तालीम, इलोक्ट्रोनिक्स हाजिरी, नियमित अनुगमनजस्ता कार्यले पढाइको स्तर उकास्न प्रयास भइरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले जानकारी गराए । उक्त गाउँपालिकाको बैठकले शिक्षामा सुधार ल्याउन र यो शैक्षिकसत्रमा नमूनाका लागि आठ वटा विद्यालयलाई छनोट गरी हरेक विद्यालयलाई रु एक लाखसम्मको आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि बालबालिकाको संख्यामा वृद्धि भएको सम्बद्ध विद्यालयका शिक्षकको भनाइ थियो । अभिभावकले निजीविद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना गराउन थालेकाले निजी विद्यालयका बालबालिकाको संख्या घटिरहेको भागेश्वर–४ बगरकोटका बासिन्दाले बताए । शिक्षकले मिहेनत र अनुशासित भई बालबालिकालाई पढाउने हो भने पहिलो शैक्षिकसत्रमा नै राम्रो सुधार आउने अभिभावकको भनाइ थियो । अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएका विद्यालयमा केही पुराना शिक्षक भए पनि उनीहरुको अनुभव र क्षमताले बालबालिकामा सुधार आउने र निजी विद्यालयको गुणस्तर सामुदायिक विद्यालयबाट नै पाउने निर्वाचित जनप्रतिनिधिले जनाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: