Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कता जाँदैछन् प्रम ओली ? एकताबाट भाग्दै, मोदीसँग झुक्दै

 काठमाडौं ।  कुनै बेला मोरियार्टी नाम गरेका नेपालका लागि अमेरिकी राजदूत । एकदिन उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी, लेनिनवादी) को कार्यालयमा नेता माधव नेपाललगायतसँग भेट गर्ने इच्छा व्यक्त गरेछन् । एकीकृत माक्र्सवादी, लेनिनवादी पार्टीको कार्यालयमा माक्र्स, एंगेल्स र लेनिनको तस्वीर हुनु स्वभाविकै थियो । तर उनीहरुको कार्यालयमा अमेरिकी राजदूतको सवारी हुँदै थियो । ओहो, यो तस्वीर देखे के भन्लान् हँ राजदूतले ? कसैले यो प्रश्न तेस्र्यायो । अनि, ती प्रतिमूर्तिहरु त्यहाँबाट झिकिए । अचम्म, एमालेभित्र चुईंँक्क पनि आवाज निस्केन । स्वभाविकै थियो– यो उनीहरुको माक्र्सवादको सिर्जनात्मक प्रयोग थियो । संयोग इतिहासका कैयन घुम्तीहरु पार गर्दै नेकपा एमाले र यसको नेतृत्व अहिले ठीक त्यही प्रवृत्तिको दोहोर्याउने बिन्दुमा पुगेको छ । प्रसङ्ग प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीको हो । प्रधानमन्त्री ओलीलाई कतिपयले उखान टुक्के भनेर उडाउन खोजेपनि नेपाली जनताको माझमा उनको एउटा विशिष्ट छवि बनेको थियो पछिल्लो चरणमा । यतिसम्म कि उनका कटु आलोचकहरुले समेत नाकाबन्दीको बेला उनले लिएको अडान, उनले गरेका भाषणहरुको निकै प्रशंसा गर्थे । सर्वसाधारणमा ओलीको बिम्ब नै बनेको थियो राष्ट्रवादीका रुपमा । र, ओलीको सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि पहिलो आरोप प्रचण्डमाथि थियो– भारतको इशारामा राष्ट्रवादीको सरकार ढालियो । यो इतिहास थियो । तर ओली कमरेडको यो जलबिम्ब धेरै टिक्न भने सकेन । खासगरी आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने सन्दर्भममा सरकारका तर्फबाट खेलिएको भूमिका, अनावश्यक लचकता र भारतीय सेनालाई नेपालमा आउने अनुमति दिनुले प्रधानमन्त्री ओली चौतर्फी आलोचनाको शिकार बनेका छन् । यो ठीक त्यही अवस्था हो, जसरी एमालेले आफ्ना पथ प्रदर्शक गुरुहरुको तस्वीर मिल्काएको थियो, त्यसैगरी एकजना ‘मालिक’ आउँदा अहिले सरकारले आफ्नो हिजोको राष्ट्रवादी र सार्वभौमसत्तावादी प्रतिबिम्ब मिल्काएको छ । यता ओली एकताको क्रममा पुरै दृढ छन् । टस न मस हुन चाहिरहेका छैनन । नेकपा माओवादीका तर्फबाट शीर्ष नेतृत्वले दर्जनौपटक छलफल गरेपनि हरेक छलफलमा ओलीबाट नयाँ कुरा आउन सकिरहेको छैन । उनी संसदवादबाट माथि उठनै खोजिरहेका छैनन् । समाजवादको सपना, परम्परागत संसदवादी चिन्तनबाट अघि बढने आँट उनले लिन सकेका छैनन् । फलतः संख्याको दम्भमा एकता अड्किएको छ । एमालेभित्रकै ठूलो पंक्तिले नयाँ शिराबाट अघि बढौं भनेर व्यापक दबाब दिँदा पनि ओलीको कन्सरीका रौं तात्न सकेका छैनन् । उनी सतिसाल बनेका छन् । तर यता, यता भने उनको सतिसालको बृक्ष तासको महल जस्तै या बालुवाको घरजस्तै भत्किएको छ । उनी अनावश्यक किसिमले भारतसामु झुकेका छन् । लम्पसारको भाषा नै त प्रयोग नगरौं, तर हुनुपर्ने भन्दा बढी लचकता उनले देखाएका छन् । विदेशी पाहुना देशमा आउँदा औपचारिक स्वागत गरिन्छ, गर्नुपर्छ, दुश्मन नै घरमा आएपनि स्वागत गरिन्छ । तर पाहुनका सेनाहरुलाई आफ्नो बुकुरो घेर्न दिएर भित्र पसाल्न भने सकिँदैन । यदि यही लचकता ओली कमरेडले पार्टी एकताको विषयमा देखाएको भए । राष्ट्रवादी हठतालाई उनले हिँउ पग्लेसरी गलाएजस्तै यता आफूभित्रको संख्याको दम्भ र संसदवादी चिन्तनलाई गलाइदिएको भए… कम्तिमा असौज १७ गतेदेखिको नेपाली जनताको उत्साह पानी पानी हुने थिएन । कम्तिमा हामीहरु एकता एकता भनेर हरेक दिन हुटहुटी पालेर बस्नुपर्ने थिएन । तर यसो भएन । नेकपा एमालेका अध्यक्ष केपी ओली त्यतिखेर पनि प्रधानमन्त्री नै थिए । जुन बेला यिनै मोदीले नेपालमा नाकाबन्दी लगाएका थिए । त्यो बेला सदनदेखि सडकसम्म ओलीले भारतीय नाकाबन्दीको जमेर बिरोध गरे । त्यो बिरोध यति बढी थियो कि त्यसले कुटनीतिक सीमा समेत नाघ्यो । कतिपयले छिमेकीसँगको सम्बन्ध सुधार्नका लागि उनलाई निकै सुझाव पनि दिए । तर ओली टस न मस भएनन् । खासगरी मधेस केन्द्रीत दलहरुसँग उनी निकै असहिष्णु नै भए । त्यही कारण संविधान कार्यान्वयनको मुख्य कार्यभार रहेको निर्वाचन अन्यौलमा पर्यो । तर जे सुकै होस्, बाल मतलब भन्ने शैलीमा ओलीले अडान लिए । प्रचण्ड प्रधानमन्त्री भएपछि हरेक दिनजसो एमाले पंक्तिबाट प्रहार भयो । सबैभन्दा ठूलो आलोचनाको विषय प्रचण्डको भारतसँगको सम्बन्धलाई लिएर हुन्थ्यो । ओलीलगायत एमालेजनहरुले प्रचण्ड सरकारमा गएपछि चीनसँगका विगतका सम्झौता पालना नहुने, चीनसँग सम्बन्ध बिग्रिने जस्ता कुप्रचार समेत अघि सारे । तर व्यवहारले त्यो देखाएन । बरु प्रचण्डले छिमेकीहरुसँग बिग्रेको सम्बन्धलाई सन्तुलनमा ल्याए । उनी ज्यादै उग्र र निम्छरो किसिमले झुक्ने रणनीतिमा गएनन् । स्थानीय चुनाव भयो, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भयो । एमालेहरुले जे भनेपनि प्रचण्डको विदेश नीति र प्रधानमन्त्रीकाल सफल रह्यो । एउटा विशिष्ट कार्यकालको रुपमा । बिडम्बना नै भनौं, नेकपा एमालेको नेतृत्वले विगतका दिनमा जसरी राष्ट्रवादी अडान लिएको थियो, अहिले मोदीको भ्रमणको बेला पनि त्यो जोगाउन सक्नुपथ्र्यो । माथि नै भनियो, छिमेकी देशका प्रधानमन्त्री भ्रमणमा आउँदा खुला मनले स्वागत गरिनुपर्छ । तर यहाँ अलि अपाच्य किसिमले चीजहरु अघि बढेको भनेर बिरोध भइरहेको छ । अन्य सबै कुरा स्वभाविक मान्न सकिएपनि इतिहासमा नै पहिलोपटक भारतीय सेना नेपाल आएको छ । यो त्यति चानचुने कुरा होइन । कम्तीमा यो विषयमा नेपालले अडान राख्न सक्नुपथ्र्यो । प्रधानमन्त्री ओलीप्रतिको सम्मानको ग्राफ नेपाली शेयरबजार जस्तै ह्वात्तै न्यून बिन्दूमा पुगेको छ । उनको हिजोको छवि चकनाचुर बनेको छ । एमालेभित्रै पनि अहिलेको अवस्थालाई धेरैले स्वीकार गर्न सकेका छैनन् । कतिपयले खुलेर नै यसको बिरोध गरको छन् । यसको क्षतिपूर्ति भनेको अब एकता प्रक्रियामा ओलीको लचकताको हो । यदि ओली एकता प्रक्रियामा आफ्नो जड संसदवादी चिन्तनभन्दा माथि उठेर समाजवादी क्रान्तितर्फ अघि बढन सके भने, यदि उनले संख्याको दम्भमा नअल्मलिएर परिवर्तनको प्रक्रिया र यसका पात्रहरुलाई सम्मान र आत्मस तगर्न सके भने उनको यो खस्केको ग्राफ फेरी उचाईमा पुग्न सक्छ । नत्र अहिले जसरी उनको आलोचना भइरहेको छ, यो नै संस्थागत भयो भने यसले सरकारका काम कार्वाहीमा समेत प्रभाव पर्ने र जनतामा विश्वासको संकट पर्ने कुरामा दुईमत हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending