Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

मोदी आज आउँदै, यस्ता छन् मुख्य चार एजेन्डा

१. अरुण तेस्रो शिलान्यास प्रधानमन्त्रीद्वय ओली र मोदीले शुक्रबार काठमाडौंमा स्विच थिचेर ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गर्दै छन् । कार्यक्रम अपराह्न द्वारिकाज होटेलमा आयोजना गरिनेछ । संखुवासभा जिल्लामा निर्माणको तयारीमा रहेको उक्त आयोजनालाई लगानी बोर्डको कार्यालयले सहजीकरण गरिरहेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–आयोजना शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । द्वारिकाज होटेलमा स्विच थिचेपछि अरुण तेस्रोको ड्याम साइटमा पर्दा खुल्नेछ । २. रक्सौल–रक्सौल रेलमार्ग समझदारी रक्सौल–काठमाडौं रेलमार्ग निर्माण आयोजना अगाडि बढाउन २५ चैतमा नेपाल र भारतबीच सहमति भइसकेको छ । सहमतिलाई मूर्तरूप दिन समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने आवश्यकता छ । रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार छोटो भ्रमण भएकाले सम्भावना न्यून छ । तर, चाहेको खण्डमा समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने बताए । दुई देशका जनताबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने र आर्थिक वृद्धि तथा विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका वेला दुई प्रधानमन्त्रीबीच नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको हो । उक्त रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने सहमति छ । यसबाहेक भारतले नेपालका विभिन्न ५ वटा स्थान (जयनगर–जनकपुर–कुर्था, जोगबनी–विराटनगर, न्यु जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्म) लाई रेल यातायातले जोड्ने कार्यक्रमलाई पनि प्रभावकारी रूपमा अघि बढाउनेबारे छलफल हुन सक्नेछ । ३. निर्माणाधीन सडक आयोजना दुई देशबीच समझदारी र सम्झौता भई कार्यान्वयनमा आएका सडक आयोजनालाई अझै प्रभावकारी बनाउन जोड दिइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । दुई प्रधानमन्त्रीबीच हुलाकी राजमार्ग निर्माणबारे छलफल हुन सक्नेछ । छलफलमा आयोजनालाई अझ बढी प्रभावकारी बनाएर समयमै सम्पन्न गर्न केन्द्रित गरिनेछ । त्यस्तै, भारतीय लाइन अफ क्रेडिट ९एलओसी० अन्तर्गत १७ वटा सडक सुधार गर्ने कार्यक्रमलाई समयमै सम्पन्न गर्न जोड दिने तयारी छ । ४. पञ्चेश्वर एजेन्डामा नपर्ने निश्चित बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे मोदीको भ्रमण अवधिमा छलफल हुने सम्भावना लगभग सकिएको छ । उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०मा दुई देशका अधिकारीबीच असहमति छ । तर, दुवै देशका प्रधानमन्त्रीले चाहे डिपिआर स्वीकृत गर्ने कार्यमा प्रगति हुन सक्ने पञ्चेश्वर विकास प्राधिकरणका सिइओ महेन्द्रबहादुर गुरुङले बताए । खासगरी पानी र मुनाफा बाँडफाँडलगायत विषयमा दुई देशबीच टुंगो लाग्न नसक्दा डिपिआरले अन्तिम रूप पाएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending