काठमाडाैं । करिब चार वर्षपछि तेस्रो पटक शुक्रवार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रामा पाँच वटा सन्देश लुकेको अर्थमा लिइँदै छ । नेपाल यात्राको थालनी जनकपुरबाटै गर्नुको पछाडि केवल धार्मिक, सांस्कृतिक सम्बन्धलाई मुखरित गर्नु मात्र रहेको छैन । मोदी सिधै जनकपुर आउने भएपछि संघीय सरकारको ध्यान पनि जनकपुरतिर मोडिएको छ ।
यसपटक मोदी भ्रमणमा आउँदा नेपालमा नयाँ संविधान लागू भई सोही अनुसार तीनै तहका चुनाव सम्पन्न भइसकेको छ र प्रादेशिक संरचना खडा भएका छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै १८ साउन २०७१ मा नेपाल भ्रमणमा आएका थिए । त्यसअघिका १७ वर्षसम्म नेपालमा भारतीय प्रधानमन्त्रीको \"राजकीय\" भ्रमण हुन सकेको थिएन । पहिलो भ्रमणको ४ महिनामै १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन १० मंसिर २०७१ मै दोस्रो पटक काठमाडौं आएका थिए । मोदीको तेस्रो नेपाल भ्रमण शुक्रवारबाट सुरु हुँदैछ । यस अवधिमा नेपालका तर्फबाट चार वटा प्रधानमन्त्री भारतको भ्रमण गरिसकेका छन् ।नेपालमा संविधान निर्माणको क्रममा चिसिएको नेपाल-भारत सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिने उद्देश्यसहित मात्र भारतीय प्रधानमन्त्रीको भ्रमण भइरहेको छैन ।
प्रतिकृया लेख्नुहोस्: