Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नोउ क्याम्पमा २-२ गोलको बराबरी, रोनाल्डो घाइते

यो सिजनको अन्तिम एल क्लासिको २–२ गोलको बराबरीमा टुंगिएको छ । दोस्रो हाफको ४५ मिनेट १० खेलाडीमा सीमित रहेर पनि बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोकेको हो । घरेलु मैदानमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । उसका लागि सर्जियो रोबर्टोको पासमा लुइस स्वारेजले १० औँ मिनेटमा गोल गरेका थिए । तर, त्यसपछि गोल गर्ने पालो थियो क्रिस्टियानो रोनाल्डोको । उनले खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाको सहयोगमा गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । पहिलो हाफको अन्तिम मिनेटमा सर्जियो रोबर्टोले रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झर्यो । तर, उसले दोस्रो हाफमा पनि दबाबको महसुस गरेन । बार्सिलोनाका लागि स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको ५२ औँ मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्न सफल हुँदै २–१ को अग्रता दिलाए । १० खेलाडीमा झरेपछि डिफेन्समा केही सन्तुलन गुमाएको बार्सिलोनाविरुद्ध रियलले केही आक्रमणका प्रयास गर्यो । जुन प्रयास ७२ औँ मिनेटमा सफल भयो । यो पटक ग्यारेथ बेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बेलको गोलपछि दुवै टोलीबाट थप गोल हुन सकेन । बार्सिलोनाले ला लिगाको उपाधि पक्का गरिसकेको अवस्थामा यो भिडन्त दुई क्लबबीचको प्रतिष्ठाको मात्रै लडाइँ थियो । योसँगै जारी सिजनको ला लिगामा बार्सिलोनाले अपराजयको कीर्तिमान कायमै राख्न सफल भएको छ । बार्सिलोनाविरुद्धको खेलमा रियलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने घाइते भएका छन् । बार्सिलोनाविरुद्ध खेलमा एंकलमा चोट लागेपछि उनी पहिलो हाफ सकिएपछि मैदान प्रवेश गरेनन् । लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको फाइनल हुनु तीन साता अघि रोनाल्डो घाइते भएपछि रियल मड्रिडमा तनाव बढेको छ । यद्यपि उनको उपचार सुरु गरिएकाले चोटबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending