Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

एन्फाका नवनिर्वाचित अध्यक्ष शेर्पा भन्छन्-मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन्

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । उनले भने,‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’ उनले अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने,‘हामी सबै खेलाडीहरुको गतिविधि नियाँल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमापनि जानकारी लिन्छौं।’ आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले पछिल्लो समय फूटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने,‘फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाई थियो । अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने,‘त्यो सफ्टवेयर मार्फत नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फतपनि हामी अघि बढ्छौं।’ साक्षात्कारमा बोल्दै उनले अहिले आर्थिक नियामावली नभएको स्पष्ट पारे । उनले थपे,‘अब हामी आर्थिक नियामावली बनाउँछौं, यो नियामावली बन्नेवित्तिकै फुटबलमा देखिएको अनियमितता अन्त्य गर्नको लागि महत्वपूर्ण हुन्छ।’ अध्यक्ष शेर्पाले फूटबल प्रशासनलाई आईटीमा लैजाने पनि विश्वास दिलाए । उनले भने,‘क्लब दर्तादेखि लिएर खेलाडीहरुको दर्ता पनि अब अनलाईनबाटै गर्छौं, र खेलाडीहरुले क्लब परिवर्तन गर्दापनि अब अनलाईनबाटै गर्नसक्ने व्यवस्था हामी गर्छौं।’ तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागि भोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिनेपनि उनले जनाए । उनले भने,‘यी एकेडेमीहरु सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरु उत्पादन गर्नपनि हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ।’ उनले आफू एन्फाको नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरुलाई बाह्रै महिना खेल्ने वातावरण बनाउनेपनि दाबी गरे । उनले भने,‘बाह«ै महिना खेल्ने वातावरण बन्नेवित्तिकै खेलाडीहरुको अभावपनि हुँदैन, यसले खेललाईपनि गुणस्तरीयता प्रदान गर्नेछ।’ नेपाली फुटबलको विकासको लागि सबै क्लबहरुलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्यको रहेको सुनाउँदै शेर्पाले भने,‘म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु।’ अझैपनि नेपाली फुटबल खेलाडीहरुले मासिक डेढदेखि २ लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यवसायिक लिग खेलाउने तयारी गरिरहेको उनले सुनाए । एन्फाले माथिल्लो श्रेणीको प्रतियोगिता सञ्चालन नगर्दा सयौं खेलाडीहरु यतिवेला बेरोजगार भएको अवस्था कोट्याउँदै अब तत्काल लिग सञ्चालन गरेर खेलाडीहरुलाई बाँच्ने आधार तय गर्ने शेर्पाको विश्वास छ । उनले भने,‘राष्ट्रिय खेलाडीहरु उपचार गर्न नसकेर विदेश पलायन हुनुपर्ने बाध्यताबाट मुक्त गर्न उनीहरुको स्वास्थ्य विमा गर्छौं।’ त्यस्तै उनले प्रशिक्षक र रेफ्रीलाई पनि खेलमै आवद्ध भएर बाँच्न सक्ने अवस्था आफूले सिर्जना गर्ने विश्वास दिलाए । उनले साफ गेममापनि नेपाललाई अब उपाधि जित्नसक्ने टिम बनाएरै छाड्ने उद्धघोष गरे । उनले भने,‘हामी एशियन गेममा पनि नेपालको पफर्मेन्स राम्रो बनाउँछौं, हामी उपाधि जित्नेगरि अघि बढ्छौं।’ फुटबल क्षेत्रको विकास र विस्तारको लागि तत्कालिन तथा दिर्घकालिन योजनाहरु बनाएर अघि बढ्ने शेर्पाको प्रतिबद्धता छ। उनले भने,‘खेलाडी, प्रशिक्षक र फ्यानहरुको ईज्जत राख्नेगरि फुटबलमा प्रस्तुति देखाउनेगरि हामी अब वातावरण तयार पार्छौं।’ अध्यक्ष शेर्पाले नेपाली फुटबललाई लिएर शीर झुकाउने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाए । उनले थपे,‘खेलाडी र फ्यान दुवैको शीर झुकाउने काम गर्दिन्।’ राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दले अन्र्तराष्ट्रिय फुटबल क्लबबाट खेलिरहेको प्रसँग कोट्याउँदै उनले अहिलेपनि नेपाली खेलाडीहरुले अन्र्तराष्ट्रिय क्लबमा खेलिरहेकोले आगामी दिनमा यस्ता खेलाडीहरु थुप्रै जन्माउने विश्वास दिलाए । त्यस्तै कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले फुटबल क्षेत्रको विकास र विस्तार हुनुपर्नेमा जोड दिँदै खेलाडीहरुको मनोबल बढाउनेगरि काम गर्न अध्यक्ष शेर्पालाई सुझाव दिए । उनले थपे,‘फुटबल क्षेत्रमा देखिएका विकृति तथा विसंगति अन्त्य गर्नुपर्यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies