Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छः राज्यमन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गरे । उनले भने, ‘बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जादैन् ।’ उनले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत गरेर उक्त काम अगाडि बढेको उल्लेख गरे । कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले आफूहरुले देखेका समृद्धिका सपना र जनताको बीचमा बाँडेको सपना पूरा गर्नमा सबैको साथ र सहयोग उत्तीकै आवश्यक रहेको बताए । सो अवसरमा उनले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल भइरहेको बताए । प्रदेश सांसद वसुन्धरा हुँमागाईंले प्रदेश राजधानीको विषयमा लगभग टुंगो लागिसकेको बताए । ‘ढुक्क हुनुहोस्, प्रदेशको राजधानी काभ्रेपलाञ्चोक जिल्लामा नै हुन्छ’ उनले भने। कार्यक्रम नेकपा एमाले बनेपा नगर कमिटीका संयोजक एवं बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending