Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मनाङ, जहाँ शव काटेर गिद्धलाई ख्वाइन्छ : ६० शव काटेका एक साक्षीको वयान

शरीर चिराचिरा पारे पुुग्छ, लुुछेर गिद्धले खान्छ। तर, टाउको र हाड ढुुंगाले किच्याएर फुुटाउनुुपर्छ, जुुन गिद्धले निल्न सकुुन्। यो उपल्लो मुुस्ताङ क्षेत्रमा शवको सत्गत गर्दाको अवस्था हो। शवलाई काटेर गिद्धलाई ख्वाउने परम्परागत सांस्कृतिक प्रचलन उपल्लो मुुस्ताङमा अझै पनि कायमै छ। हिमालपारिको जिल्ला भनेर चिनिने मुुस्ताङको सीमावर्ती क्षेत्र उपल्लो मुुस्ताङमा अझै पनि शव चोक्टाचोक्टा पारेर काटेर गिद्धलाई ख्वाइन्छ। अन्य समुुदायले यस्तो कुुरा सुुन्दा आश्चार्य मान्छन्। यहाँ भने सामान्य मानिन्छ। करिब ६० वटा शव काटिसकेका लोमान्थांक गाउँपालिका– ५ का ३६ वर्षीय आङ्गेल गुुरुङ प्रफुुल्ल मुुद्रामा भन्छन्, ‘प्रायः आफन्तजनकै शव काटेर गिद्धलाई ख्वाएँ।’ गुुरुङका अनुुसार शव काट्न पाउनुु उनको समुुदायमा धर्मप्राप्ति गर्नुु सरह हो। आम नेपाली समुुदायमा मृत्युुपश्चात् शव जलाउने, माटोमा गाड्ने चलन छ तर माथिल्लो मुुस्ताङ क्षेत्रमा आङ्गेलजस्तै सयौ व्यक्ति शव काटेर गिद्धलाई ख्वाउँछन् र सत्गत गर्छन्। लोवा जातिको विष्ट, गुुरुङ र विश्वकर्मा थरका समुुदायले यसरी शवको व्यवस्थापन गर्छन्। बुुद्ध धर्म मान्ने समुुदाय भएकाले लामा धर्मगुुरुहरू सांस्कृतिक रूपमा धर्म प्राप्त गर्न शवलाई फरक तरिकाले व्यवस्थापन गर्ने गरेको बताउछन्। लामासमेत रहेका लोमान्थांक गाउँपालिका– ५ का वडाध्यक्ष रिन्जिङदोर्जे विष्टका अनुुसार खोलामा जलाउँदा पानी दूषित हुुने, डाँडामा जलाउँदा वायुु प्रदूषित हुुने र माटोमुुनि गाड्दा पर्यावरणमा असर पुुर्‍याउने मान्यता भएकाले परापूर्वकालदेखि नै शवलाई काटेर गिद्धलाई ख्वाउने चलन छ। गिद्धलाई शव दिने चलन वैज्ञानिक र प्रभावकारी भएको उनको तर्क छ। मृत्युुपछि दर्जन बढी लामाले तीन दिनसम्म पूजा गरेर तिव्बतियन पात्रो (दतुु) अनुुसार साइत हेरेर कुुन क्षेत्रमा लाने भनी यकिन गर्छन्। यकिन गरिएको दिशातिर लामबद्ध भएर शव लगिन्छ। एकोहोरो शंख (थुुङ) बजाएपछि गिद्धको उपस्थिति हुुन्छ। त्यसपछि शव चिराचिरा पारेर गिद्धलाई खान दिइन्छ। आङ्गेलका अनुुसार मासुु खाएर सकिएपछि गिद्धले निल्न नसकेका हाड र टाउकोलाई काटेर, फुुटाएर गिद्धले खान सक्ने गरी सानो बनाइन्छ। शव आफ्नो कुुलका सन्तानले काट्न मिल्दैन, कुुटुुम्ब लाग्ने व्यक्तिले मात्र काट्छ। भान्जा, ज्वाइँलगायतका आफन्तले शव काट्ने जिम्मा लिन्छन्। शव काट्न पाउँदा उनीहरू खुुसी नै हुुन्छन्। अनुुभवी आङ्गेलका अनुुसार शवलाई काँक्रोजस्तै गरी चिरा पारेर चोक्ट्याएर गिद्धलाई खान सहज बनाउनुुपर्छ। तर धनी व्यक्ति शव काट्ने धेरै हुुन्छन्, गरिबको काट्ने कम हुुन्छन्। गाउँमा मृत भएका गरिबको शव काट्न कोही नजाँदा उनी आफूले गएर डाँडामा लगेर काटेको अनुुभव सुुनाए। धेरै संख्यामा गिद्ध आउने हुुँदा एउटा शव गिद्धले १० मिनेटमै हारालुुछ गरेर सक्छन्। भोट बर्मेली जातिमा हत्याहिंसा नगर्ने, मरेको सिनो मात्र खाने चलन अझै छ। उनीहरूको चलनमा मृत शरीर २४ घन्टासम्म मृत हुुँदैन। त्यसैले दिनभर पूजा गरेर अर्को दिन मात्र शव काट्ने गरेको धर्मगुुरुहरू बताउँछन्। केही वर्षअघिसम्म त्यस क्षेत्रको राजपरिवार मानिएको विष्ट परिवारले शवलाई जलाउने गरेका थिए। तर विष्ट परिवार पनि जलाउनुुभन्दा काटेर खुुवाउनुु राम्रो भन्दै गिद्धलाई नै ख्वाउने गरेको स्थानीय सुुरेन्द्रकुुमार विष्टले बताए। यसरी नै आत्माले सहज शान्ति पाउने हुुँदा विष्ट परिवारले पनि जलाउन छाडेको उनको तर्क छ। बर्खामा खोलामा र हिउँदमा डाँडामा लगेर शव काटिन्छ। मुुस्ताङको मुुक्तिनाथ, छुुसाङ, घिलिङ, चराङ, यारा, धारा, छोसेर, छोनुुप, लोमान्थांक, सुुखिङ, नेचुुङ, चइले, समर भेना, स्याङबोचे, घामी, घिलिङलगायतका उपल्लो मुुस्ताङका गाउँमा शव काटेर गिद्धलाई दिइन्छ। पहिले खुुल्ला हातले शव काटिन्थ्यो। हालका युुवाहरू कपडा र पञ्जा लगाएर शव काट्छन् र त्यो कपडा त्यही फाल्छन्। यसले प्रदूषण बढाएको छ। सन् १४४० मा मुुस्ताङ स्वतन्त्र राज्य स्थापना हुुनुुअघि देखिको शव काट्ने चलनलाई आजसम्म निरन्तरता दिँदै आएको पाइन्छ। मुुस्ताङका प्रथम राजा आनेपालदेखि २४ औं मुुस्ताङ राजा जिग्मे पर्वल विष्टसम्म आइपुुग्दासम्म यो परम्परालाई सांस्कृतिक रूपमा कायमै राखिएको छ। सरकारले तिब्वतसँग जोडिएको कोरला नाकालाई प्राथमिकता दिएर सडक विस्तार तीव्र बनाएपछि यस क्षेत्रका बासिन्दा आफ्नो परम्परागत संस्कृति गुुम्ने चिन्तामा छन्। लोमान्थांकका ४ नम्बर प्रदेश सदस्य इन्द्रधारा विष्टको विचारमा बदलिँदो परिस्थितिमा पनि यहाँका सांस्कृतिक परम्परालाई बचाउनुु प्रमुुख कर्तव्य हो। आफ्नो मौलिक परम्परा जोगाउन माथिल्लो मुुस्ताङ प्रवेशमा कडाइ थालिने लोमान्थांकका–५ वडाध्यक्ष रिन्जिङदोर्जे विष्ट बताउँछन्। (अन्नपूर्णपोष्ट दैनिकको फुर्सदबाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending