Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अग्रगामी शक्तिहरु एक हुनुपर्ने भन्दै बाबुरामले गरे यस्तो आव्हान

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सच्चा समाजवादी, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुबीच बृहत् सहकार्य, ऐक्यबद्धता र एकताका लागि आव्हान गरेका छन् । २०० औं माक्र्स जयन्तीको अवसरमा नेपाल र संसारभरिकै समाजवादी, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुबीच बृहत् सहकार्य, ऐक्यबद्धता र एकता हुनुपर्ने बताएका हुन् । भट्टराईले प्रेस वक्तव्य जारी गर्दै एक्काइसौं शताब्दीको शुरुका दशकहरुमा नव–उदारवादी पुँजीवाद र राज्य–नियन्त्रित समाजवाद दुबै तीब्र संकटमा पर्दै गएको स्थितिमा माक्र्सका विचारहरुलाई समायानुकूल विकास र परिमार्जन गर्दै सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको दिशामा अघि बढ्न आग्रह गरेका छन् । बाबुरामले जारी गरेको प्रेस वक्तव्य आज मे ५ । आजभन्दा ठीक २०० वर्ष अगाडि तत्कालीन प्रसिया राज्यको त्रियेर नगरमा कार्ल माक्र्सको जन्म भएको थियो । दोस्रो सहस्राब्दीकै महानतम् सामाजिक चिन्तक कार्ल माक्र्सको द्विशताब्दी जन्मजयन्तीको यस ऐतिहासिक अवसरमा नेपाल र संसारभरिकै न्याय, स्वतन्त्रता, समानता र मुक्ति पक्षधर सम्पूर्ण श्रमिकहरु र जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । कार्ल माक्र्सले तत्कालीन युरोपको प्रारम्भिक पुँजीवादी विकासक्रमलाई आधार बनाएर त्यसका वैचारिक, आर्थिक, राजनीतिक, सामाजिक र मनोवैज्ञानिक संकटहरुलाई उद्धिन्ने र मानव समाजलाई नयाँ समुन्नत भविष्यतिर अनुप्रेरित गर्ने काम गरेका थिए । मूलतः मानव इतिहासको आजसम्मको उन्नत विचार द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको विकास, पुँजीवादी समाजमा विद्यमान आर्थिक असमानता र त्यसको कारकतत्वको रुपमा अतिरिक्त मूल्य सिद्धान्तको प्रतिपादन, श्रमिक लोकतन्त्र तथा वैज्ञानिक समाजवादको अवधारणा र समाजवादी मजदुर आन्दोलनको उठानमा उनको योगदान अद्वितीय रह्यो । उनका यी महानतम् योगदानहरु मानव जातिले कहिल्यै भुल्ने छैन । एक्काइसौं शताब्दीमा उनका वैचारिक योगदानहरुको सान्दर्भिकता अझै बढेर गएको छ । तर कार्ल माक्र्सका वैचारिक योगदानहरुलाई जडता, अन्धता र मतान्धताका रुपमा ग्रहण गर्नु हुँदैन । मूलतः रुसी अक्टोबर क्रान्तिपश्चात् स्थापित सोभियत मोडेलको भ्रष्टीकरण पश्चात बनेको अति–केन्द्रीकृत राजनीतिक प्रणालीलाई माक्र्सवादको विरासतका रुपमा जोड्ने परम्पराबाट सबैले जोगिन आवश्यक छ । समाजवाद भनेको लोकतन्त्रको अभाव हैन, अझ बढी लोकतन्त्र हो । कार्ल माक्र्सले पुँजीवादी औपचारिक लोकतन्त्रलाई जनसमुदायको नयाँ स्तरको वास्तविक लोकतन्त्रमा विकास गर्नु पर्ने धारणा राखेका थिए । पेरिस कम्युन लगायत कतिपय रचनामा उनले ‘सहभागितामूलक लोकतन्त्र’ तर्फको यात्रालाई इंगित गरेका थिए । कार्ल माक्र्सपछि भौतिक विज्ञान तथा प्रविधिले जुन विकास गरेको छ, र उत्पादन प्रणालीका नयाँ नयाँ रुपहरु जुन आएका छन्, त्यसका आधारमा द्वन्द्ववादी विश्वदृष्टिकोणलाई अझ विकसित गर्नुपर्ने र समाजवाद र लोकतन्त्रको नयाँ मोडेल विकास गर्नुपर्ने दायित्व सबैको काँधमा आएको छ । कार्ल माक्र्सपछिको युगमा आइस्टाइन, माक्स प्ल्यांक र स्टेफेन हकिंग्सले गरेका वैज्ञानिक योगदानहरु द्वन्द्ववादको समृद्धीकरणका लागि उपयोगी हुन सक्छन् भने चौथो औद्योगिक क्रान्तिका भौतिक, डिजिटल र जैविक क्षेत्रका प्रविधिहरुले समुन्नत समाजवादको नयाँ मोडेल विकासमा मद्दत गर्न सक्दछन् । साथै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई यान्त्रिक भौतिकवादी तवरबाट ग्रहण गर्ने समस्याबाट जोगिनु पर्छ र यसकालागि पूर्वीय दर्शनका महत्वपूर्ण चिन्तक गौतम बुद्धका आत्मिक जीवन पद्धतिका नियमहरुलाई समेत एकाकार गरेर एक्काइसौं शताब्दीकालागि नयाँ वैचारिक संश्लेषण गर्ने कार्यकालागि माक्र्सवादका योगदानहरु आधारस्तम्भका रुपमा रहनेछन् भन्ने हाम्रो विश्वास छ । एक्काइसौं शताब्दीको शुरुका दशकहरुमा नव–उदारवादी पुँजीवाद र राज्य–नियन्त्रित समाजवाद दुबै तीब्र संकटमा पर्दै गएको स्थितिमा माक्र्सका विचारहरुलाई समायानुकूल विकास र परिमार्जन गर्दै सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको दिशामा अघि बढ्न सबैमा हार्दिक आग्रह गर्दछौं । २०० औं माक्र्स जयन्तीको यस विशिष्ठ अवसरमा नेपाल र संसारभरिकै सच्चा समाजवादी, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुबीच बृहत् सहकार्य, ऐक्यबद्धता र एकताका लागि हार्दिक आव्हान समेत गर्दछौं । २०७५ वैशाख २२ गते ९५ मार्च २०१८० ड.। बाबुराम भट्टराई संयोजक, नयाँ शक्ति पार्टी, नेपाल,
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending