Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कर्णाली घोषणापत्रः यस्ता छन् छ बुँदे प्रतिबद्धता, नौ बुँदे आह्वान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवाधिकार आयोग नेपालको समन्वयमा आयोजित ‘समावेशी विकास अधिकारको सुनिश्चिताः सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलनबाट ‘कर्णाली घोषणा पत्र’ जारी गरिएको हो । कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, सांसदहरु, योजनाविद्, विकास साझेदार, उत्प्रेरक र विभिन्न संघसंस्थाको सहभागितामा सम्पन्न सम्मेलनद्वारा जारी घोषणापत्रमा ‘छबुँदे प्रतिबद्धता र नौबुँदे आह्वान’ उल्लेख गरिएको छ । उक्त घोषणापत्रमा समुन्नत र समृद्ध कर्णाली निर्माण, लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन, मानवाधिकारको पालना, सामाजिक उत्तरदायित्वका मूलभूत मान्यतालाई आत्मसात् गर्ने, विकास प्रक्रियामा ऐक्यबद्ध सहभागिता, मानव अधिकारमैत्री, लैङ्गिक समानता, समावेशी र सामाजिक न्यायपूर्ण योजना निर्माण र छनोट प्रक्रिया गरी सबैखाले विभेदको अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशको आर्थिक अभाव, पछौटेपनको अन्त्य गर्दै श्रमप्रतिको सम्मान र सकारात्मक सोचको विकास गरी यहाँका नागरिकको आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षामा पहुँचको सुनिश्चितता र जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि आ–आफ्नोतर्फबाट पहल र प्रयत्न गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता गरिएको छ । त्यसैगरी, सो घोषणापत्रले आवधिक योजनामा भौतिक पूर्वाधार र मानव विकासको सन्तुलन कार्यक्रम योजना प्रक्रिया (तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन) मा सही परिपाटी बसाल्न, कर्णाली क्षेत्रको विशिष्टतालाई पहिचान गरी माउण्टेन विश्वविद्यालय, प्राविधिक, व्यावसायिक तथा रोजगारमूलक शिक्षाको प्रवद्र्धन गर्न आह्वान गरेको छ । साथै, आत्मनिर्भर अर्थतन्त्र अवलम्वनका लागि लगानीकर्ता र विकास साझेदारको प्रदेश सम्मेलन आयोजना गर्न, राष्ट्रियस्तरका विकास आयोजनाको निर्धारणमा क्षेत्रीय सन्तुलन प्रवद्र्धन हुनेगरी बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन संघीय सरकारलाई अनुरोध गर्ने र समग्र कुरीतिको अन्त्य गर्दै लक्षित वर्गको सामाजिक न्यायसहितको समुन्नत समृद्ध समाज निर्माणका लागि प्रदेश तथा स्थानीय सरकारसँग आह्वान गर्ने सवाल घोषणापत्रमा उल्लेख छ । राष्ट्रिय योजना आयोगको भिन्दै शाखा खडा गर्न, प्राकृतिक स्रोतलाई सामुदायिक सम्पत्तिका रुपमा परिभाषित, अनुसन्धान, प्रशोधन र बजारीकरण व्यवस्था, राष्ट्रिय कार्ययोजनाभित्र कर्णाली क्षेत्रका महिलाको अर्थपूर्ण सहभागिता र समावेशीताको विषयलाई प्राथमिकता दिन संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गर्ने कुरा उल्लेख गरेको छ । त्यसका साथै जलवायु परिवर्तन विकास प्रक्रिया र तिनका उपलब्धिमा प्रतिकूल असर पार्ने जोखिम र अवसरको पहिचान गरी विकास आयोजनाको प्रक्षेपण, तर्जुमा र कार्यान्वयनमा जोखिम न्यूनीकरण तथा अनुकूलनको उपयुक्त नीति तथा मार्गदर्शन तयार गरी लागू गराउन नेपाल सरकार र राष्ट्रिय योजना आयोगलाई विशेष आह्वान गर्ने कुरा घोषणापत्रमा उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending