Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

४ करोड सामाजिक सुरक्षा भत्ता लिएर फरार लेखा अधिकृत यसरी समातिए

गाइघाट । करिब ४ करोड रुपैयाँ हिनामिना गरी फरार भएका कटारी नगरपालिकाका लेखा अधिकृत रबिनचन्द्र ढकाल बुधबार पक्राउ परेका छन् । सामाजिक सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ लिई फरार भएका ढकाललाई काठमाडाैं प्रहरीले पक्राउ गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते हस्ताक्षर गरी फरार भएका ढकाललाई पक्राउ गरी अख्तियारमा जिम्मा लगाइएको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । उक्त रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको खातामा जम्मा हुने गरी पठाएको थियो । जम्मा भएको केही दिनमै ढकालले कार्यालय प्रमुख लुइँटेलको कीर्ते हस्ताक्षर गरी रकम झिकेको नगरपालिकाका उपमेयर भीमकुमारी राउतले बताइन् । १ करोड ९८ लाख ७५ हजारका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले वाणिज्य बैंकको थापाथली शाखाबाट पटक–पटक गरी २७ लाखबाहेक सबै रकम निकालिसकेको उपप्रमुख राउतले बताइन् । राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति बाँस्तोलाले थापाथली शाखाबाट झिकेको पुष्टि गरे । वैशाख ३ गते कार्यालय छाडेर हिँडेका ढकालले रकम हिनामिना गरेको बुधबार मात्र खुलासा भएको हो । ढकालको खातामा रहेको उक्त रकम गएको चैत २ गते गोविन्द नामको व्यक्तिमार्फत एक करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख निकालेको पाइएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए । उक्त रकम कसको खातामा सारियो भन्ने अनुसन्धान भइरहेको पनि बाँस्तोलाले बताए । सामाजिक सुरक्षा भत्तावापतको रकम नगरपालिकाबाट ढिला आएको थियो । तर पहिला नै ढकालले रकम आफ्नो नाममा हालिसकेको अवस्थामा भत्ताको रकम फेरि आएको शीर्षकबारे अनुसन्धान गरिने बाँस्तोलाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending