Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य

 

बाजुरा । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् । गत शैक्षिक सत्रमा ११० विद्यार्थी रहेको उक्त विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नहुनुको कारण कुनै पनि शिक्षक विद्यालयमा नहुनु अभिभावकको गुनासो छ । गाउँमा विद्यार्थी भर्ना अभियान चलिरहे पनि प्रधानाध्यापक नेत्रप्रसाद ज्ञवाली आफ्नी छोरी भर्ना गराउन काठमाडौँ गएका र अन्य शिक्षक पनि वाार्षिक परीक्षा सञ्चालन गरेदेखि विद्यालयमा हाजिर हुन नआउँदा विद्यार्थीले भर्ना हुन नपाएको अभिभावकले बताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकाकै पुडेनीमा रहेको पुुगेली आधारभूत विद्यालयमा पनि विद्यार्थी भर्ना संख्या शून्य नै छ । कक्षा दुईसम्म सञ्चालन रहेको उक्त विद्यालयमा एक जना प्रधानाध्यापक नरजंग कार्की र कार्यालय सहयोग सहयोगी शीतल बुढा गरी दुई जना मात्र छन् । फयालगाउँको विन्दा शैनी आधारभूत विद्यालयमा पनि अहिलेसम्म जम्मा १४ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयले पाठ्यपुस्तकसमेत लिएका छैनन् भने विद्यार्थी भर्ना संख्या पनि निकै न्यून रहेको पाइएको छ । त्यस्तै रुपाली आधारभूत विद्यालयमा हालसम्म ८६ जना भर्ना भएको शिक्षक दुर्गबहादुर सिंहले बताएका छन् । एक सय ५० विद्यार्थी रहेको उक्त विद्यालयमा पनि भर्ना संख्या सन्तोषजनक भने देखिँदैन । उक्त विद्यालयका शिक्षक नभएको र पाठ्यपुस्तक पनि नलगिएको स्थानीय अभिभावकको गुनासो छ । नयाँ शैक्षिक सत्रको १० दिन बितिसक्दा पनि उक्त विद्यालयमा हालसम्म एक जना विद्यार्थी भर्ना नभएको र शिक्षक विद्यालयमा उपस्थित नभएको भेटिएपछि गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले यस्तो राष्ट्रिय महत्वपूर्ण अभियानमा सहभागी नहुने शिक्षकलाई तुरुन्त कारबाही गर्ने बताएका छन् । गाउँपालिकाले कक्षा सञ्चालनका लागि अनुमति लिएका तर शिक्षक नभएका कतिपय विद्यालयलाई एकीकृत गरेर लैजाने योजना रहेको अध्यक्ष शाहीले बताए । त्यसैगरी सोही गाउँपालिका–२ मा प्रायः विद्यालयमा अभिभावकले आफैँ पैसा उठाएर शिक्षकलाई तलब खुवाउँदै आइरहेका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यालय खोल्न अनुमति दिने र शिक्षकको व्यवस्थापन नगर्ने परिपाटीले अहिले विद्यालयका शिक्षकलाई गाउँबाट रकम उठाएर तलब खुवाउनु पर्ने बाध्यता रहेको बताइएको छ । न अभिभावकलाई भार भइरहेको छ न्यूनतम तलबमा शिक्षकले पनि राम्रोसँग काम नगरी रहेको पाइएपछि गाउँपालिका अध्यक्षले विद्यालयलाई एकीकृत गर्दै लैजाने स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीको भनाइ छ । विद्यालयको अनुगमनका क्रममा अध्यक्ष शाहीले विद्यालयमा हाजिर नभएका शिक्षकका फाइल गाउँपालिकामा ल्याई कारबाही गर्ने उनले जानकारी दिएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending