Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छः रेडक्रस

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज यहाँ आयोाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न देशका रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिकार्य कार्यक्रममार्फत निजी आवास, खानेपानी र सरसफाइ, आयआर्जन– जीविकोपार्जन र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको छ । ‘वर्षात्को समयअघि नै हामीले जिम्मा लिएका निजी आवास निर्माण कार्य सम्पन्न गर्छौँ’, पत्रकार सम्मेलनमा रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भने । ती आवास निर्माणका लागि सरकारको निर्णयअनुसार रु एक अर्ब २९ करोड अनुदान सहयोग उपलब्ध गराइसकिएको छ । सुरक्षित आवास निर्माण गर्न करीब ६ हजार भूकम्पपीडितलाई कालिगढ÷सिकर्मी तालीम र करीब ७० हजारलाई चेतनामूलक सन्देश प्रवाह गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अर्कातर्फ तीनवटा विद्यालयको पुनःनिर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिसकिएको र सातवटा विद्यालयको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पत्रकार सम्मेलनमा भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले भूकम्प अति प्रभावित जिल्लामा स्वास्थ्य संस्था पुनःनिर्माणअन्तर्गत धुन्चेस्थित रसुवा जिल्ला अस्पताल तथा स्वास्थ्यकर्मी आवासगृह पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको जानकारी दिए । यसैगरी, नौवटा स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँकी नौवटाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सेवासम्बन्धी अभिमुखीकरणका साथै स्वास्थ्य संस्थालाई आवश्यक उपकरण पनि सहयोग गरेको संयोजक ढकालले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending