Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

निर्वाचन आयोगको नाममा १९ करोड बेरुजु, तीन मन्त्रालय बेरूजुको अग्रपंतिमा

\"\"काठमाडाैं । निर्वाचन आयोगले स्थानीय चुनावका बेला अनियमितता गरेको भेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले उक्त संवैधानिक निकायले गरेको खर्चमध्ये १९ करोड रुपैयाँ बेरुजु देखिएको जनाएको छ । सरकारी एवम् संवैधानिक अंगको लेखा परीक्षण गर्ने उक्त केन्द्रीय निकायले नमुना मतपत्रको छपाइमा बढी भुक्तानी दिएकोदेखि खाना र खाजा लगायतको भत्ताको दोहोरो भुक्तानी दिएकोसम्मको अनियमिततता आफ्नो वार्षिक प्रतिवेदनमा समेटेको छ । मन्त्रालयहरुमा चाहिँ खानेपानी र शहरी विकास मन्त्रालयमा बेरुजुको प्रतिशत धेरै रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ को सरकारी कार्यालय, स्थानीय तह, समिति र संस्था लगायतका निकायमा भएका आर्थिक कारोबारको लेखा परीक्षण गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको महालेखा परीक्षकको कार्यालयले ती कार्यालयमा रहेको बेरुजुको विवरण सार्वजनिक गरेको छ । तीन तहको निर्वाचन गरेको निर्वाचन आयोगको हाल सम्म स्थानीय तहको निर्वाचनको लेखा परीक्षण गरिएको उक्त कार्यालयले जनाएको छ । जसमा निर्वाचन आयोगमा देखिएको बेरुजुको जानकारी दिंदै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भने, \'हामीले अरु खर्चहरु नियमित नै पायौं । तर १९ करोड १७ लाखका बारेमा भने प्रश्न उठाएका छौं । कतिपय बढी भुक्तानी दिएको भए फिर्ता गर्नु पर्छ भन्ने हो, कतिपय नमिलेका कागजपत्र सवालमा हामी सन्तुष्ट हुन नसकेको हो ।\' निर्वाचन आयोग मार्फत सबै निर्वाचन अधिकृतको कार्यालयबाट खर्च विवरणका कागजातहरु झिकाएर उक्त लेखा परीक्षण गरिएको बताइएको छ । परीक्षणका क्रममा भेटिएका व्यहोरा बारे महालेखा परीक्षक शर्माले भने, \'कतिपय भत्ता, मतदाता शिक्षा, मतगणना, खरिद त्यो सबै विषय प्रतिवेदनमा उल्लेख गरिदिएका छौं। असुल गर्नु पर्ने एक पनि रकम छोडेका छैनौं ।\' आर्थिक कार्यविधि ऐन र प्रचलित कानुन बमोजिम रीत नपूर्याइ कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेकोलाई बेरुजुको परिभाषामा राखिएको छ । सबै सरकारी कार्यालय, स्थानीय तह, समिति र संस्था लगायतका निकायमा महालेखाले गरेको लेखा परीक्षणमा बेरुजुको रकम ५ खर्ब ८ करोड रुपैयाँ देखिएको जनाइएको छ । जुन गत वर्षकोभन्दा २६ प्रतिशतले बढी रहेको उल्लेख गरिएको छ । यस्तो बेरुजु रहने मन्त्रालयमा खानेपानी, शहरी विकास, भौतिक पूर्वाधार जस्ता मन्त्रालय अग्रपंक्तिमा रहेका छन् । सामान्य प्रशासन, कानुन लगायतका मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानीक निकायमा बेरुजु नदेखिएको बताइएको छ । स्थानीय तहको बेरुजुमा सबै भन्दा धेरै १३ प्रतिशत प्रदेश नम्बर २ मा र सबै भन्दा कम प्रदेश नम्बर ७ मा साढे तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending