Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

\"\"रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् । प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए । बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘तराईका जिल्लाको उर्वरभूमि यस प्रदेशमा रहेकाले भरपर्दो सिँचाइको व्यवस्था भए त्यसबाट उल्लेखनीय परिवर्तन गर्न सकिन्छ ।’ मुख्यमन्त्री पोखरेलले अव्यवस्थित जग्गा प्लटिङको शृङ्खलाले भूमिको खण्डीकरण भइरहेकामा चिन्ता व्यक्त गर्दै पहाडी क्षेत्रमा कृषियोग्य भूमि बाँझो अवस्थामा रहेको बताउ । खुला सिमानाका कारण भारतबाट आउने कृषि उपजले स्वदेशमै उत्पादन हुने कृषि उपजलाई विस्थापन गरिरहेको सन्दर्भ अघि सार्दै उनले सहकारीको व्यवस्थापन र भौतिक पूर्वाधारको अभाव चुनौतीका रुपमा रहेको बताए। एकसय नौ स्थानीय तह भएको प्रदेश नं ५ मा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् । तराई क्षेत्रसमेत रहेको यस प्रदेशमा सात हजार उचाइका हिमालसमेत रहेको छ । रुकुम हिमाली जिल्लाका रुपमा रहेको छ । पन्चानब्बे जातजाति रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार २५३ जनसङ्ख्या रहेको छ जहाँ ५२.४३ प्रतिशत महिला र ४७.५७ प्रतिशत पुरुष रहेका छन् । स्थितिपत्रमा उल्लेख भएअनुसार रु दुई सय १० अर्ब बराबरको गार्हस्थ्य उत्पादन हुने यस प्रदेशमा ४६.५ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ । यो प्रदेश दाल र तेलहनमा पहिलो स्थानमा रहेको छ भने माछा उत्पादनमा दोस्रो स्थानमा रहेको छ । खाद्यान्न उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा पनि त्यत्तिकै रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालयलगायतका सामाजिक तथा आर्थिक विकासका सूचकाङ्कहरु पनि स्थितिपत्रमा समेटिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending