Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपाली दूतावास युएईको कडा एक्सनः दलाललाई कारबाही गर्न सिआइबीलार्इ पत्र

\"\"युएई । नेपालको अध्यागमनबाट सेटिङ मिलाइ भिजिट भिषामा युएई पठाएर १० जना नेपालीलाई अलपत्र पार्न एजेन्टविरुद्ध कडा कारबाहीको माग गर्दै नेपाली दूतावास युएईले केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र पठाएको छ । काठमाडौमा रहेको फोर स्टार ट्राभल्स एण्ड टुरिजम एल .एल सि र रस्बिआ इन्टरनेनेसनल ट्राभल एण्ड टुर्स प्रालिबाट एजेन्टको प्रलोभनमा परि २ महिना अघि युएई आएका १० नेपालीहरु काम लगाउने जिम्मेवारी लिएको एजेन्ट पैसा लियर फरार भएपछि अलपत्र परेका थिए । जनही १ लाख ६० हजार नेपालमा र युएई आएपछी चितवनका एजेन्ट सालिक बहादुर केसिलाई प्रतिब्यक्ति १ हजार अमेरिकि डलर बुझाएका उनिहरुलाइ एजेन्ट्ले अलपत्र अबस्थामा छाडेपछि केहि समय अघि उद्दारसहित, एजेन्ट विरुद्ध कारबाहीको माग गर्दै पीडितले नेपाली दूतावास युएईमा निवेदन समेत बुझाएका थिए । पीडितले दिएको निवेदनका आधारमा दूतावासले छानबिन गर्दा युएईमा रहेका एजेन्ट सालिकबहादुर केसि सम्पर्क भन्दा बाहिर रहेको र नेपालका एजेन्ट चितवनका श्याम कार्की र सल्यानका धनलाल खत्रीसमेत सम्पर्कमा आउन नचाहेपछि आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डसहित सिआइबीलाई समेत पत्राचार गरिएको युएईका लागि नेपाली राजदुत सागर फुयालले जानकारी दिएका छन । भिजिट भिषामा जादा मासिक २५ सय दिराम तलब सुबिधा सहितको काम लगाउने प्रलोभन देखाएर ल्याइ अलपत्र पार्नु सरासर ठगी धन्दा हो । सरकारले बैधानिकता नदिएको अबस्थामा यसरी सेटिङ मिलाउने अध्यागमनका कर्मचारीमाथि पनि छानबिन गर्न भनेका छौ तिनलाईलाई कडा कारबाही हुनुपर्छ । प्रतिब्यक्ती २ लाख ४० हजार सम्म असुल गरिएको पाइयो चाडैं कारबाही हुनेमा आशावादी रहेको फुयालको भनाइ छ । यता अलपत्र परेकामध्य ५ जना पीडित नेपाल फर्किएका छन भने बाँकी केहि दिन भित्र नेपाल जाने तयारीमा रहेको दूतावास स्रोतले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: