Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास

गोरखाबजार, उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको छ । छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास सुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताए । भूकम्पले उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास आदि गाविसमा पर्याप्त मात्रामा खाद्यान्नलगायत राहत सामग्री वितरण गर्न सकिएको छैन । ती नाका वर्षमा एक पटक साउन महिनामा मात्रै खुल्ने गरेको छ । नाका खुलेपछि उत्तरी गोरखाका भूकम्पपीडितले तिब्बती बजारबाट खाद्यान्नलगायत सामग्री किनमेल गर्न पाउँछन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले हेलिकोप्टरको अपर्याप्तताले गर्दा उत्तरी भेगमा राहत सामग्री ढुवानीमा समस्या भएको जनाएको छ । मोटरबाटो नभएको उत्तरी गोरखाका १८ गाविसमा राहत सामग्री पुर्‍याउन हेलिकोप्टरको भर पर्नुपर्छ तर पर्याप्त हेलिकोप्टर नहुँदा भूकम्पपीडित अझै पनि त्रिपालको पर्खाइमा रूखमुनि बास बसेका छन् । अहिलेसम्म हेलिकोप्टरले ढुवानी गरी उत्तरी गोरखा पु¥याएको खाद्यान्न अपर्याप्त भएको भूकम्पपीडितले जनाएका छन् । लाखौँ खर्च गरी हेलिकोप्टरबाट हजारौँको सामान ओसार्नुभन्दा खच्चर हिँड्ने बाटो (मनास्लु पदमार्ग)मा गएको पहिरो हटाउन भूकम्पपीडितले माग गरेका छन् । नेपाली सेनाको टोलीले पदमार्ग खुलाउने तयारी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE