धनुषा । १२ वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।
साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ । धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश यादव । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले सउदीको जिलादीन कम्पनीमा छ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो पाकिस्तानी कामदारको हत्या । उमेशका भाइ दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेका बेला उमेशबाट यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी सउदीको जेलमा छ महिना राखे । छ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनःआफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । दाजु उमेशको हालत देखेर कहिल्यै विदेश नजाने सोचाइमा उनी छन् । चार दाजुभाइमा दुई कट्ठा जमिन मात्र थियो, सउदीमा उमेशलाई सजाय र १२ वर्षदेखि घर नफर्केपछि तीन दाजुभाइले बाँडेर उमेशको भागको सबै बेचबिखन गरी सकेको अवस्था छ । सजाय सुनाइएका उमेशका कमलेश यादव र हितेष यादव गरी दुई छोरा छन् । दुवै छोरालाई लिएर उनका श्रीमती मन्जुदेवी यादव धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा काम गरी सन्तान पालिरहेकी उमेशका बुबा भोला यादव बताउनुहुन्छ । वृद्ध बुबाआमा भन्छन् “ जेलबाटै साथीको मोबाइलबाट कहिलेकाहीँ फोन गर्छ र बढीमा १०–१५ सेकेण्ड कुरा हुन्छ, उ एउटै कुरा भन्छ म घर आउँछु आमा, मेरा छोरा कता छन् ? यति भन्दैमा फोन काटिन्छ । सायद अरुको मोबाइल चोरेर फोन गर्छ होला र जेलका सुरक्षाकर्मीले मोबाइल खोस्छन् त्यही भएर यतिको कम कुरा हुन्छ होला उमेशको । ” साउदीस्थित रहेको नेपाली दूतावासले पहल थालेको सुनिएको छ तर समयमै काम हुनसके उमेशलाई सुनाइएको सजाय आम माफी हुने बताइएको छ । हत्या भएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेको बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने संभाबना छ । नेपालबाट सरकारी पहल हुनसके उमेश फर्केर आउने परिवारको आस छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: