Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

७० लाख ऋणमा कानुन मन्त्री तामाङ, पत्रकार सम्मेलनमै सम्पत्ति विवरण सार्वजनिक

\"\"काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङमाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले मन्त्री बनेको चौथो दिन सोमवार मन्त्रालयमै पत्रकार सम्मेलन गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सार्वजनिक गर्नुपर्नेमा मन्त्री आफैँले सार्वजानिक गरेका हुन् । मन्त्री तामाङले आफ्नो र श्रीमती सांसद उषाकलन राईका नाममा रहेको सम्पत्ती विवरण सार्वजनिक गरेका हुन। मन्त्री तामाङले आफ्नो नाममा काठमाडौँको पुरानो बानेश्वरमा छ आना दुई पैसा एक दामको जग्गा रहेको उल्लेख गरेका छन्। जन्मस्थान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ मा भूकम्पले भत्किएको घर, ९६५, ३५६१ र ४७८० वर्गमिटर पाखोबारी सम्पत्ति रहेको उनले बताएका छन्। उनले आफ्नो नममा मोटर साइकल १, गाडी १, ल्यापटक २ र मोबाइल २ थान रहेको जानकारी दिएका छन्। मन्त्री तामाङले प्रदेशसभा १ को सांसदसमेत रहेकी आफ्नी श्रीमती उषाकला राईको नाममा मोराङको दुलारीमा साढे दुईविघा, बेलबारीमा एक विघा, खोटाङमा १०५ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । उनले श्रीमती राईको नाममा काठमाडौँको गोकर्णशवर नगरपालिका वडा नम्बर ८ मा तीन आना, तीन पैसा, दुई दाममा बनेको घर रहेको जनाएका छन्। उनले आफूहरुसँग ३० तोला सुन रहेको पनि पत्रकार सम्मेलनमा बताए । मन्त्री तामाङले आफूहरुसँग ७० लाख ऋण रहेको बताएका छन् । उनले कृर्षि विकास बैंकमा ४० लाख ऋण, व्यक्तिगत सरसापटको ३० लाख ऋण रहेको जानकारी दिए । सो ऋण के प्रयोजनका लागि लिइएको हो भन्ने बारेमा भने उनले खुलासा गरेनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending