Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

७० लाख ऋणमा कानुन मन्त्री तामाङ, पत्रकार सम्मेलनमै सम्पत्ति विवरण सार्वजनिक

\"\"काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङमाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले मन्त्री बनेको चौथो दिन सोमवार मन्त्रालयमै पत्रकार सम्मेलन गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सार्वजनिक गर्नुपर्नेमा मन्त्री आफैँले सार्वजानिक गरेका हुन् । मन्त्री तामाङले आफ्नो र श्रीमती सांसद उषाकलन राईका नाममा रहेको सम्पत्ती विवरण सार्वजनिक गरेका हुन। मन्त्री तामाङले आफ्नो नाममा काठमाडौँको पुरानो बानेश्वरमा छ आना दुई पैसा एक दामको जग्गा रहेको उल्लेख गरेका छन्। जन्मस्थान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ मा भूकम्पले भत्किएको घर, ९६५, ३५६१ र ४७८० वर्गमिटर पाखोबारी सम्पत्ति रहेको उनले बताएका छन्। उनले आफ्नो नममा मोटर साइकल १, गाडी १, ल्यापटक २ र मोबाइल २ थान रहेको जानकारी दिएका छन्। मन्त्री तामाङले प्रदेशसभा १ को सांसदसमेत रहेकी आफ्नी श्रीमती उषाकला राईको नाममा मोराङको दुलारीमा साढे दुईविघा, बेलबारीमा एक विघा, खोटाङमा १०५ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । उनले श्रीमती राईको नाममा काठमाडौँको गोकर्णशवर नगरपालिका वडा नम्बर ८ मा तीन आना, तीन पैसा, दुई दाममा बनेको घर रहेको जनाएका छन्। उनले आफूहरुसँग ३० तोला सुन रहेको पनि पत्रकार सम्मेलनमा बताए । मन्त्री तामाङले आफूहरुसँग ७० लाख ऋण रहेको बताएका छन् । उनले कृर्षि विकास बैंकमा ४० लाख ऋण, व्यक्तिगत सरसापटको ३० लाख ऋण रहेको जानकारी दिए । सो ऋण के प्रयोजनका लागि लिइएको हो भन्ने बारेमा भने उनले खुलासा गरेनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending