Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

चितवन राष्ट्रिय निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

\"\"चितवन । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ । भरतपुर विमानस्थलको पश्चिमपट्टि लंकूको पनि पश्चिमबाट खरखरे घाट हुँदै नवलपरासीको मुकुन्दपुरबाट रेल सञ्चालन हुने भएको हो । यस अघिको सम्भाव्यता अध्ययनमा पर्साको ठोरी हुँदै चितवनको माडीबाट निकुञ्ज पार गरेर गोलाघाटबाट नवलपरासीतर्फ जाने थियो । विश्व सम्पदा सूचीमा परेको निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिँदै आएका थिए । विश्व सम्पदा सूचीमा परेका क्षेत्रबाट पूर्वाधार निर्माण गर्दा युनेस्कोबाट अनुमति लिनुपर्ने भएपछि विकल्प खोजिएको हो । यो क्षेत्रबाट रेलमार्ग बनाउने गरी रुट सर्भे सकिएकाले अब विस्तृत परियोजना प्रतिवेदन (डीपिआर)को प्रक्रियाअघि बढाउने तयारी गरिएको उपाध्यायले बताए । उनकाअनुसार आगामी आर्थिक वर्षमा डिपिआरको काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जान सकिने छ । पूर्व पश्चिम रेलमार्ग ९४५ किलोमिटर लामो हुने बताउँदै उपाध्याययले चुरे पहाडमा भने सुरुङ मार्ग निर्माण गरिने जानकारी दिए । उनका अनुसार भालुवाङ, दाउन्ने र पथलैयामा सुरुङ मार्ग हुनेछ । जसमध्ये सबैभन्दा १६ किलोमिटरको भालुवाङ खण्डको सुरुङ मार्गलाई घटाएर १०÷१२ किलोमिटरमा झार्ने प्रयास भइरहेको छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्ड ९४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौंँ, काठमाडौँं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार ३७६ किलोमिटर हुनेछ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनिसकेको वरिष्ठ इञ्जिनियर उपाध्यायले जानकारी दिए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending