Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

\"\"सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । वीरेन्द्रनगरवासीले खानेपानीको अभाव हुँदा पुरानै मुहान बुलबुले र चिसापानीको ढुंगेधारामै निर्भर हुनुपरेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाममा राखेर आलोपालो प्रणालीबाट उपत्यकामा पानी वितरण गरिएको छ । उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । सुर्खेतमा पानी अभाव हुन नदिन भेरीको पानी तानेर ल्याउनका लागि विस्तृत अध्ययनसमेत पूरा गरिसकिएको छ । पानीको समस्या समाधान गर्न खानेपानीको नयाँ स्रोत थपी नयाँ धारा जडानका लागि आवेदन मागिएकामा पाँच हजारभन्दा बढी फाराम वितरण भएको छ । उहाँका अनुसार यही चैत ७ गतेसम्म धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाउनुपर्नेछ । अहिले आवेदन लिएर आउँदो असारदेखि मात्रै उपभोक्तालाई धारा जडानको काम शुरु गरिने आयोजनाको तयारी छ । आवेदन धेरै परे पनि प्राविधिक हिसाबले दुई हजारभन्दा बढी धारा वितरण गर्नसक्ने अवस्था छैन । अघिल्लो वर्ष उपभोक्ताले ९६ घण्टासम्म पानीको पालो कुर्नुपरे प िनयस पटक त्यस्तो अवस्था नआउने देवकोटाले बताए । ‘यस वर्ष खडेरी नै परेमा पनि बढीमा ३६ घण्टासम्म पानीको पालो आउने छ’, उनले भने, ‘सबै काम गतिमा गरे अबको दुई वर्षभित्रमा कुनै पनि हालतमा भेरीको पानी उपत्यकामा ल्याइने छ ।’ भेरीको पानी उपत्यकामा नल्याएसम्म खानेपानी संकट समाधान गर्न नसकिने उनको तर्क छ । यस कार्यमा वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने देवकोटाको भनाइ छ । प्रदेशको राजधानी तोकिएर जनसंख्या वृद्धि तथा बसोबासमा वृद्धि हुँदा समेत पनि पुरानो जनसंख्याका लागि व्यवस्था गरिएको एक करोड दश लाख लिटर पानी उपलब्ध छ । यही अवस्थामा सुर्खेतमा अहिले २७ लाख लिटर पानी प्रतिदिन नपुग छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि अब दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी संस्था सुर्खेतले जनाएको छ । उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ६०० धारा वितरण गरिसकेको छ । दुई हजार २३ धारा वितरण गर्ने प्रक्रिया शुरु गरिएको देवकोटाले बताउनुभयो । सुर्खेतमा एक सय ४५ लिटर पानी प्रतिसेकेण्ड आवश्यक छ । हाल एक सय ३२ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending