Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौंः प्रचण्ड

\"\"काठमाडौं । एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजले काठमाडौँमा आयोजना गरेको ‘ सार्क बिजिनेस लिड्र्स अनक्लेभ’ समृद्धिका लागि राजनीतिक र आर्थिक संम्मेलन सम्बन्धी बहसमा उनले भने, ‘भारत र पाकिस्तानले मिलेर समस्याको समाधान निकाल्नुपर्छ ।’ दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुकको हैसियतमा भारतले ज्यादा पहल कदमी लिनुपर्ने बताउँदै प्रचण्डले सार्क क्षेत्रलाई सक्रिय तुल्याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा विशेष जोड दिए । सार्कको अध्यक्षको हैसियतमा भारत र पाकिस्तानबीच देखिएका असहमतिलाई न्यूनीकरण गर्न नेपालले सक्दो पहल गरेको उल्लेख गर्दै उहाँले पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीको नेपाल भ्रमणका अवसरमा आफूले सार्कलाई सही दिशा दिने विषयमा सकारात्मक विचार विमर्श भएको जानकारी दिए । निकट भविष्यमा सार्क मुलुकमा देखिएका असहमति सुल्झेर शिखर सम्मेलन हुने विश्वास व्यक्त गर्दै प्रचण्डले राजनीतिक इच्छा शक्ति तथा अगुवाइ सही भएको अवस्थामा समग्र सार्क क्षेत्र आर्थिक समृद्धिको बाटोमा अघि लम्कने बताए । नेपालमा कुनै परिवर्तन हुन खोज्यो भने उत्तर अथवा दक्षिण तर्फ इंकित गरी सोच्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउँदै उनले भने, ‘हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं ।’ क्षेत्रीय रुपमा भौतिक र विचारसहित एकीकृत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वले आर्थिक विकासमा सहयोग पु¥याउने भएकाले सार्कको बडापत्रमा उल्लेख भएका क्षेत्रीय उद्देश्यलाई पूरा गर्नु बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending