Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

१११ जना भूकम्प पीडितलार्इ घडेरी खरीदका लागि पैसा वितरण

\"\"रसुवा ।भूकम्पको असरबाट थातथलो छाडी अन्यत्र विस्थापित १११ बासिन्दालाई घडेरी खरिदको रकम प्रदान गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय सचिवालय रसुवाका अनुसार विसं २०७२ को भूकम्पको असरका कारण विस्थापित ७६२ घरपरिवारमध्ये हालसम्म १११ घरपरिवारलाई घडेरी जग्गा खरिदका लागि सरकारी मापदण्डबमोजिम प्रतिपरिवार रु दुई लाखका दरले धनीपुर्जाका आधारमा भुक्तानी भएको छ । जग्गाको स्वामित्व प्राप्त गरिसकेका तीमध्ये ६० जनाले भूकम्प प्रतिरोधी आवास निर्माण गर्न शुरु गरिसकेका छन् । हालसम्म जग्गा खरीद सुविधामा रु दुई करोड २२ लाख खर्च भएको बताउँदै प्राधिकरण रसुवा सचिवालय प्रमुख कृष्णकान्त उपाध्यायले भूगर्भविद्को सिफारिशबमोजिम चिलिमे, हाकु, डाँडागाउँ, यार्सा, सरमथलीसमेतका बाँकी ६५१ घरपरिवारका लागि उपयुक्त स्थानमा घडेरी जग्गा खोज्ने काम भइरहेको जानकारी दिए । भूकम्पका कारण ११ हजार ६३३ घर पूर्णरुपमा क्षति भएका र पुनःनिर्माणअन्तर्गत १० हजार ८९१ लाभग्राहीबीच सम्झौता भई १० हजार ४९५ घरधनीले पहिलो किस्ता लगेका छन् । हालसम्म सात हजार ३४० घरधनीले मात्र निर्माणमा तीव्रता दिएका छन् । भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवा डिभिजन कार्यालयका प्राविधिक प्रमुख धीर फडेराले दोस्रो किस्ता छ हजार २९९ र तेस्रो किस्ता दुई हजार ५९० जनालाई उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार भूकम्प प्रतिरोध आवास निर्माणमा सहयोग पु¥याउन ६० सरकारी इञ्जिनीयर जिल्लाभरि नै परिचालन भइरहेका छन् । यस्तै सरकारी कार्यालयतर्फ भने हुलाक, सिँचाइ, पशुसेवा, कृषि र खानेपानी तथा भवन डिभिजनको एकीकृत एवं प्रजिअ आवासको निर्माण अगाडि बढिरहेको छ । यसैसगरी भूकम्प प्रभावितको निजी आवास निर्माणअन्तर्गत निर्माणको जिम्मा पाएको ‘लुमन्ती’ नामक संस्थाले ३५४ घर निर्माण गरिसकेको छ । रेडक्रस संस्थाले जिम्मा लिएका ४५५ घरमध्ये २१६ घर निर्माण सम्पन्न भएको तथा बाँकी २३९ घर निर्माण भइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending