Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

खानेपानी मन्त्री बीनाः भैरवनाथ गणबाट 'बालबाल'ले बाँचेकी थिइन्

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेत्री एवं कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद बीना मगर केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेकी छिन् । सुदूरपश्चिमबाट यसअघि कुनैपनि सरकारमा महिला मन्त्री बनेका छैनन् । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको क्याविनेटमा द्वारिकादेवी ठकुरानी सहायक मन्त्री बनेकी थिइन । त्यसयता दर्जनौ सरकारमा सुदूरपश्चिमबाट दर्जनौ मन्त्री बनें तर यसअघि कुनै पनि महिला क्याविनेट मन्त्री बनेका थिएनन् । खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री माननीय बीना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो । उनले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गरिन् । पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उनले माध्यमिक तहको शिक्षा पूरा गरिन् । उनले स्नातक तहसम्म शिक्षा आर्जन गरेकि छिन् । बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर उनमा विद्रोही स्वभाव विकास भयो । र, २०५१ सालमा ११ वर्षको उमेरमै उहाँ जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गर्नुभयो । गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्किएकि उनी माध्यमिक तहमा अध्ययनरत छँदा माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भइसकेकी थिइन् । विद्यार्थी राजनीति गर्दा अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उहाँ अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुरको जिल्ला अध्यक्ष भइन । त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं आइन । काठमाडौंमा उहाँले तत्कालीन अखिल क्रान्तिकारीमा आवद्ध भएर भित्रिरूपमा नेकपा माओवादीको पूर्णकालीन सदस्यको रूपमा काम गरिन् । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा अत्यधिक मतले जितेका बीना मगर २०६० सालमा अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्ष भइन । राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गर्यो । वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उनले चरम यातना सहिन । धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उनी संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल भएकि थिइन । शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उनी फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बनिन् । २०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी भइन । योसँगै उनी पार्टीको केन्द्रीय सदस्य समेत बनिन् । हाल उनी माअोवादीको पोलिटब्यूरो सदस्य छिन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएपनि जनतासँग निरन्तर जोडिइन । विकास निर्माणदेखि जनताका हरेक समस्यामा उनको सक्रियता कायमै रह्यो । यही सक्रियता र जनताप्रतिको समपर्णकै कारण उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट दुईतिहाई मत ल्याएर विजयी बनिन् । मतका आधार बिना मगर ७ नम्बर प्रदेशका वाम उम्मेदवार र देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला बन्न सफल भइन । नेपाली समाजको रुपान्तरणमा उनको योगदान, जनताले दिएको मत र उनले खेलेको संघर्षपूर्ण भूमिकाको कदर गर्दै नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ बाट एकमतले उहाँको नाम मन्त्री पदका लागि सिफारिस भएपछि पार्टीले उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । पारिवारिक रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र स्व प्रकाश दाहालसँग उनको विवाह भएको थियो । निर्वाचनमा खटिएको बेला उनका श्रीमान प्रकाशको हृदयघातबाट मृत्यु भएको थियो । उनका १ जना छोरा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending