Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

 अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला, रेडमग र गाउँलेमा किरा भेटियो

\"\"झापा । बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका क्रममा होटलले अखाद्य वस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको अनुगमनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । रेडमग र गाउँलेमा किरा भेटियो बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले यहाँका नाम चलेका होटल हुन् । यी होटलमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमा किरा भेटिएको थियो । गाउँले होटलमा बुधबार गरेको अनुगमनका क्रममा खाद्यान्नमा किरा पाइएको थियो भने रेडमगमा बिहीबार अनुगमन गर्दा ज्यूँदा र मरेका साङ्लासहितको खाद्य सामग्री बिक्री बितरण गरिरहेको पाइएको थियो । रेडमगमा बिक्रीका लागि राखिएका सामग्री म्याद गुज्रिएका र किरासरी पाइएपछि तत्काल होटल बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताए । यसैबीच, रेडमग होटलका सञ्चालक सुरेन्द्र उप्रेतीले आफ्नो कमजोरी भएको स्वीकार गरेका छन । उहाँले अनुगमन टोलीलाई गल्ती स्वीकार्दै तत्काल सुधार गर्ने बताए । सो होटलमा अनुगमन टोलीले पहेँलो स्टिकर टाँसेको छ । रेडमग र गाउँले मात्र होइन बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएको थियो । अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएकाले अब उपभोक्ताले स्टिकर हेरेर मात्रै खाद्य सामग्री उपयोग गर्नुपर्ने खाद्य निरीक्षक अर्यालको भनाइ छ । उनले बिर्तामोडमा सञ्चालित होटलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्य सामग्री बिक्री गर्दा रहेछन् हामीले उनीहरुलाई सचेत रहन आग्रह गर्दै सरसफाइमा ध्यान दिन भनेको बताए । सबैभन्दा उत्कृष्टले (अतिउत्तम) थ्री स्टार पाउँछ भने उत्कृष्टले (उत्तम) टु स्टार, सन्तोषजनकले वान स्टारका हरियो रंगको स्टिकर पाउने र सामान्यले पहेँलो स्टिकर पाउने गरेको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले बताए । जनप्रतिनिधि भन्छन्– पशुले पनि खान अयोग्य बुधबार र बिहीबार गरिएको अनुगमनमा सहभागी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले होटलमा अखाद्य वस्तुको खुलेआम बिक्री भइरहेको भन्दै त्यस्ता अखाद्य वस्तु बिक्री गर्ने होटल तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । उनीहरुले स्थानीय निकायमा अधिकार नभएकाले आफूहरुले तत्काल केही गर्न नसक्ने बताउँदै सम्बन्धित निकायले त्यस्ता होटल तत्काल बन्द गर्नुपर्ने बताए । अनुगमनमा सहभागी बिर्तामोड नगर कार्यपालिकाका सदस्य भावना आचार्य घिमिरेले रेडमग होटल तत्कालका लागि बन्द गर्दै सरसफाइ गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको बताए । यता बिर्तामोड नगरपालिका–५ का सदस्य सुरेन राजवंशीले पशुले पनि खान अयोग्य वस्तु बिर्तामोडका होटलले खुलेआम बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको बताएका छन् । त्यस्तै बिर्तामोड नगरपालिका–१ की सदस्य यमुना आचार्यले रेडमगले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरेको बताए। यता होटल व्यवसायी संघ झापाकी सदस्य इन्दिरा श्रेष्ठले भने होटल व्यवसायीको बचावट गर्नुभएको छ । उनले होटल व्यवसायीलाई तत्काल कारबाही गरिहाल्न नमिल्ने बताउँदै फेरि अनुगमन आउँदा उनीहरु सच्चिने बताए । कुन होटल कस्ता बिर्तामोडमा सञ्चालित दुईवटा होटलले मात्रै अति उत्तमको लोगो पाएका छन् । खाद्य स्वच्छतासम्बन्धी ५० वटा मापदण्डअन्तर्गत ९० अंकमाथि ल्याउन सफल बिर्तामोडको ह्याङ आउट क्याफे र मिटिङ पोइन्ट होटलले मात्रै थ्री स्टारअर्थात् अति उत्तमको स्टिकर पाएका छन् । यी होटल सरसफाइलगायत अन्य दृष्टिकोणले उत्कृष्ट रहेको पाइएको थियो । त्यस्तै, दुईवटा होटलले उत्तम अर्थात् टु स्टारको लोगो पाएका छन् । होटल होलिडे होम र बिनायकले टुु स्टारको लोगो पाएका हुन् । २१ वटा होटलमा गरिएको अनुगमनका क्रममा चारवटा होटल मात्रै योग्य देखिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक ढुंगानाले बताए । त्यस्तै, बिर्तामोडका छवटा होटल सन्तोषजनक रहेको अनुगमनका क्रममा पाइएको थियो । उनीहरुले वान स्टारको लोगो पाएका छन् । वान स्टार लोगो पाउनेमा संगम स्वीट्स, श्याम मिष्ठान्न भण्डार, क्वालिटी स्वीटस् एण्ड फास्टफुड, होटल हिकोला हेरिटेज, होटल डेनियल र ओसियन होटल रहेका छन् । अनुगमन टोलीले अनुगमन गरेका ११ वटा होटलमा पहेंको स्टिकर टाँसेको छ । यस्ता होटल खाद्यान्न तथा सरसफाइका दृष्टिकोणले कमजोर रहेको बताइएको छ जसमा होटल रेडमग, गाउँले, खाजाघर, नटराज मिष्ठान्न भण्डार, फेमेली होटल, आशीर्वाद फ्रेण्ड्स क्याफे, ममता मिष्ठान्न भण्डार, आँगन स्वीटस्, मुनटावर, दाजुभाइ होटल, पाथीभरा स्वीटस् र तिरुपती होटालमा पहेँलो लोगो टाँस गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending