Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

प्रदेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यकः मुख्यमन्त्री शाही

\"\"काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिलेको संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारलाई क्षेत्रीय प्रशासन कार्यालयको भूमिकामा सीमित गरिएको बताएका हुन् । ‘स्थानीय तहलाई काम गर्न निर्देशन दिने अधिकार पनि हामीसँग छैन,’ उनले भने, ‘किन गरेनौँ मात्र भन्न सक्छौँ, यसैले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनु आवश्यक छ ।’ कर्मचारीलाई घटुवा एवं अपमानित भएको अनुभव हुने संरचना निर्माण गरिएकाले प्रदेशमा नगई अवकाश रोजेको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेशमा २१५ कर्मचारी खटाइएकामा हालसम्म ११० जना मात्र हाजिर भएको जानकारी मुख्यमन्त्री शाहीले गराए । अरु कर्मचारी कहाँ गए भन्ने थाहा नभएको उनको भनाइ थियो । संविधान बनाउने बेलादेखि नै संघीयता विरोधी शक्ति हावी भएकामा त्यही समूह अहिले कर्मचारीमार्फत संघीय शासन व्यवस्था नै असफल बनाउन लागि परेको मुख्यमन्त्री शाहीले सुनाए । प्रदेश सरकारका लागि भवन पर्याप्त नभएको, प्रदेशअन्तर्गतका धेरै स्थानीय तहमा सडक सञ्जाल पुग्न नसकेको, साधनस्रोतको अभाव रहेको, उद्योग, भन्सार नभएको गुनासो गर्नुहुँदै कुर्सी किन्ने स्रोतको समेत अभाव रहेको मुख्यमन्त्री शाहीले बताए। प्राकृतिक स्रोतमा भने प्रदेश धनी रहेको उल्लेख गर्नुहुँदै ५२ प्रतिशत जनता गरिबीको रेखामुनि भएको तथ्यांक उनले प्रस्तुत गरे । प्रदेशलाई सम्पन्न बनाउन लगानी गर्ने वातावरण बनाउन लागिएको छ । यसका लागि निजी लगानीलाई पनि प्रोत्साहन गरिने जानकारी उनले गराए । प्रदेशमा जलविद्युत्, जडीबुटी, धार्मिक पर्यटन प्रवद्र्धन, कृषिउपज औषधिका रुपमा लगायत प्रशस्त सम्भावना रहेको छ । लगानीको वातावरणलगायत विषयलाई समेटेर प्रदेश सरकारले २० वटा कानूनको मस्यौदा तयार पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending