Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

प्रदेश ३ को नाम पशुपति कि नेपालमण्डल ?

\"\"काठमाडौं । मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके भएपनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो । प्रदेशसभामध्येकै पहिलो बैठक आयोजना गरेको प्रदेश नं ३ को प्रदेशसभामा काठमाडौँबाट निर्वाचित नेकपा एमालेका सांसद डा अजयक्रान्ति शाक्यले प्रदेशको नाम ‘नेपालमण्डल’ राख्न उपयुक्त हुने अवधारणा सार्वजनिक गरेपछि बहस तातेको देखिन्छ । यस प्रदेशको नामका लागि बाग्मती प्रदेश, नेवा–ताम्सालिङ प्रदेश, काष्ठमण्डप प्रदेश, पशुपति प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, नारायणी प्रदेशजस्ता नाम चर्चामा आए पनि ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नेपालमण्डल उपयुक्त हुने डा शाक्यको मत छ । आफूले विस्तृत अध्ययनका आधारमा सो अवधारणा ल्याएको बताउँदै उहाँले यसमा एमाले र अन्य दलका सदस्यले समर्थन गर्ने विश्वास व्यक्त गरे । डा शाक्यले एकल जातीय नाम स्वीकार्य नहुने जनाए । नेपालमण्डल’ शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं ५०२÷५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख छ । ‘नेपालमण्डल’ लिच्छवी राजामानदेव अघिदेखि नै उल्लेख भएको र पृथ्वीनारायण शाहले स्थापना गरेको बाइसे÷चौबिसे, सेन र नेपालमण्डल गरी तीन राज्य खडा गरेको सन्दर्भमा तत्कालीन जिल्लानै हालको १३ जिल्लाको नेपालमण्डल रहेको डा शाक्यको भनाइ छ । देशको नाम र शहरको नाम उस्तै खालको रहेको नेपाल मात्र नभई अन्य मुलुकमा पनि अभ्यासमा देखिन्छ । हालसम्म प्रदेश नं ६ कर्णाली प्रदेशको नामाकरण गरिसकेको छ भने अन्य प्रदेश सरकारले औपचारिक प्रस्ताव प्रदेशसभामा लगेका छैनन् । यसबारे प्रदेश नं ३ को प्रदेशसभामा बहुमतमा रहेका एमालेले भने पार्टीगत धारणा सार्वजनिक गरेको छैन । यस प्रदेशमा एमालेका ५८, नेकपा माओवादी केन्द्र २३, नेपाली काँग्रेस २१, विवेकशील साझा पार्टी तीन, नेपाल मजदूर पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र स्वतन्त्र (नयाँ शक्ति नेपाल)एक÷एक सदस्य छन् । नेपाली काँग्रेसतर्फबाट प्रदेशसभा सदस्य रहनुभएका नरोत्तम वैद्यले नाम र राजधानीबारे आफूहरुबीच ठूलो मतभेद नभएको बताए। उनले प्रदेशको नाम पशुपति राख्दा थप गरिमा बढ्ने आफ्नो धारणा रहेको बताए । माओवादी केन्द्रबाट निर्वाचित भई हाल प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकटेलले आफ्नो पार्टीले पहिला नेवा–ताम्सालिङ नाम प्रस्ताव गरेको र अहिलेको सन्दर्भमा छलफल गरेर निर्णयमा पुगिने बताए। उनले नेपालमण्डलमा आफ्नो आपत्ति नरहेको पनि स्पष्ट पारे। कूल २० हजार ३०० वर्गकिलोमिटर क्षेत्रफल ९नेपालको कूल भूभागको १४ प्रतिशत० ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४५२ जनसंख्या र ३० लाख ७४ हजार ४१२ मतदाता छन् । यो प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ गरी १३ जिल्ला छन् । यहाँका बोलिने मुख्य भाषा नेपाली, नेपाल भाषा, तामाङ, मगर, गुरुङ र थारु हो । उत्तरी छिमेकी चीनको केरुङ नाकासँग यस प्रदेशको भूगोल जोडिएको छ । राष्ट्रिय योजना आयोगको ‘मल्टिडायमेन्सनल पोभर्टी’ इन्डेक्स २०१८ अनुसार यस प्रदेशमा गरिबीदर २० दशमलव ६ प्रतिशत छ । अन्य प्रदेशको तुलनामा यो धेरै अत्याशलाग्दो नभए पनि सबैभन्दा कम गरिबी दर प्रदेश नं १ मा १६ दशमलव ७ प्रतिशत र सबैभन्दा बढी प्रदेश नं ७ मा ४५ दशमलव ७ प्रतिशत रहेको तथ्याँक छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending