Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

मुख्यमन्त्रीसामु हारगुहारः क्रिकेटर शमीले पत्नी कुट्ने गरेको खुलासा

\"\"नयाँदिल्ली । भारतीय क्रिकेट टीमका बलर मोहम्मद शमीले पत्नी कुट्ने गरेको खुलासा भएको छ । कुटपिटबाट पीडित पत्नी हसिन जहांले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसामु न्यायका लागि हारगुहार गरेकी छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार आफूमाथि कुटपिट गर्ने श्रीमानमाथि कारवाहीको माग गर्दै पत्नी हसिनले मुख्यमन्त्री बेनर्जीलाई आग्रह गरेकी छन् । पत्नीमाथि कुटपिट गरेको गम्भीर आरोप सार्वजनिक भएपछि क्रिकेटर शमी हैरान भएका छन् । गम्भीर आरोपले शमीमाथि चुनौति थपिएको छ । शमी पत्नी हसिनले कोलकाता पुलिसमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएकी छन् । कुटपिट गर्ने पतिविरुद्ध बोल्दा सामाजिक सञ्जालबाट धम्की मिल्ने गरेको पीडित हसिनको आरोप छ । शमीले अन्य महिलासँग सम्बन्ध राख्ने गरेको र घरेलु हिंसाको आरोप समेत पत्नी हसिनले लगाएकी छन् । शमी र उनको परिवारले शारीरिक र मानसिक पीडा दिएको हसिनको आरोप छ । हसिनले केही फोटो समेत सार्वजनिक गरेकी छन् । जसमा शमी विदेशी महिलासँग देखिएका छन् । यद्यपि, शमीले आफ्नी पत्नीको आरोप षड्यन्त्रमूलक भएको बताएका छन् । घटनाबारे हसिनका वकिल जाकिर हुसैनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, ‘सामाजिक सञ्जालमा मिलिरहेको धम्कीले उहाँलाई बाहिर जान असुरक्षित महसुस भएको छ ।’ हसिनले कोलकाता प्रहरी मुख्यालय लालबजार गएर सुरक्षाको माग गरेकी छन् । वकिल हुसैनले भने, ‘हसिन यो मुद्दामा मुख्यमन्त्रीको समर्थन चाहन्छिन्, बेनर्जी महिला मुख्यमन्त्री भएकाले हसिनाको हृदयमा उहाँप्रति सम्मान छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending