Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

राहत रकमका विषयमा प्रमुख तीन दलबीच विवाद

काठमाडौं, भूकम्पपीडितलाई सरकारले के कति राहत रकम दिने भन्नेमा दलहरूबीचको खिचातानीले संसद्मा प्रस्तुत हुनुपर्ने संकल्प प्रस्ताव बन्नै सकेको छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सत्तापक्ष र विपक्षी दलहरूका आआफ्ना अडानले एकीकृत संक ल्प प्रस्ताव बनाउने दलहरूको प्रयास बिहीबार साँझसम्म सफल हुन सकेन। संसद् अधिवेशनको पहिलो दिन बिहीबार नै राहत, पुनर्निर्माण र पुनस्र्थापनाबारे साझा संकल्प प्रस्ताव पारित गर्ने प्रतिबद्धता दलहरूले पूरा गर्न सकेनन्। ‘सत्तापक्षबाट देश एकताबद्ध भएको सन्देश जाने र व्यावहारिक राहतको कार्यक्रम आउन सकेन’ एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, ‘पहिलेजस्तो अल्मल्याउने र झारा टार्ने संक ल्प नगरौं भन्ने हाम्रो भनाइ हो।’ विपक्षी दलहरूले भूकम्पबाट ज्यान गुमाएका प्रतिसदस्य तीन लाख, अपांग भएकालाई एक लाख, घर पूर्ण रूपमा क्षति भएकालाई १० लाख र आंशिक रूपमा घर क्षति भएकालाई पाँच लाख रुपैयाँ दिन प्रस्ताव गरेका छन्। ‘हाललाई उद्धार र राहतको काम गर्ने र दसैंपछाडि पुनर्निर्माण अघि बढाउन हाम्रातर्फबाट २२ बुँदे प्रस्ताव सत्तापक्षलाई दिएका छौं’ एमाओवादी प्रमुख सचेतक पोखरेलले भने। सत्तापक्ष कांग्रेस र एमालेले पनि १० बुँदे धारणा विपक्षीलाई दिएको छ। ‘घर पूर्ण रूपमा क्षति भएकालाई तीन लाख अनुदान दिने र त्योभन्दा माथि चाहिनेलाई सहुलियत ऋण दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ’ एमाले प्रमुख सचेतक अग्नि खरेलले भने। सत्तापक्षले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिसदस्य दुई लाख रुपैयाँ दिने प्रस्ताव गरेका छन्। सत्तापक्षीय नेताहरू राहत रकम बढाउन सहमत भए पनि अर्थमन्त्री डा. रामशरण महतलगायतका केही मन्त्री त्यत्रो रकम दिन नपुग्ने भन्दै घर क्षति भएकालाई तीन लाखभन्दा बढी दिन नहुने अडानमा रहेकाले दलहरूबीच सहमति जुट्न नसकेको स्रोतले बतायो। ‘र्थमन्त्रीको कञ्जुस्याइँले पनि समस्या थपेको देखिन्छ’ एमालेस्रोतले भन्यो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending