Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भूकम्पले मुलुकको नक्सांकन नै परिवर्तन

काठमाडौं, भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्तन हुने भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– नापी विभागले भूकम्पपछि उपत्यकाका विभिन्न पाँच नियन्त्रण बिन्दुबाट जीपीएस प्रविधिबाट सर्वेक्षण गर्दा डेढ मिटर हाराहारीमा दक्षिण पश्चिम सरेको निष्कर्ष निकालेको छ। भक्तपुरको नगरकोट, ललितपुरको फूल्चोकी डाँडा, बुङमतीको लाखेडाँडा, काठमाडौंको स्वयम्भू, नुवाकोटको कुमारीडाँडामा जग्गा नापजाँच र नक्सांकनका लागि राखिएका नियन्त्रण बिन्दुमा नापी विभागले भूकम्पपछि जीपीएस प्रविधिमार्फत अध्ययन गर्दा ती बिन्दु ध्वस्त भएको र पुनस् सर्वेक्षण गर्नुपर्ने देखिएको छ। नापी विभागको विशेषज्ञ टोलीले जीपीएस डाटा प्रशोधन गर्ने क्रममा हङकङ, ल्हासा, बैंग्लोर, हैदराबाद, कजकास्थान, ओमान, मंगोलियालगायतका स्थानमा रहेका १३ वटा सीओएसबाट प्राप्त डाटालाई आधार मानेर विश्लेषण गर्दा नियन्त्रण बिन्दुहरूको अवस्थिति फरक पर्न गएको देखिएको हो। ‘नगरकोटमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति १.८२ मिटर दक्षिण(पश्चिम परिवर्तन भएको र उचाइ ७० देखि ८० सेमिले बढेको पाइयो’ विभागका महानिर्देशक मधुसूदन अधिकारीले भने, ‘फूल्चोकीमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति ०।९२ मिटर दक्षिण(पश्चिममा परिवर्तन भएको र उचाइ ३० देखि ४० सेमिले बढेको देखियो।’ भूकम्पले राष्ट्रिय नापनक्साका आधारका रूपमा रहेका नियन्त्रण बिन्दुहरूको सञ्जाल ध्वस्त बनाएको छ। मुलुकभर यस्ता नियन्त्रण बिन्दु झन्डै तीन लाख स्थानमा छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending