Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

१५ लाखको पलङ ! कस्ताे हाेला म्याडम ?

काठमाडाै । पतिका लागि १५ लाखको पलङ ! नआत्तिनुहोला, यो भएकै घटना हो । ओमनका लागि राजदूत भएर अहिले मस्कटमा कार्यभार सम्हालिरहेकी म्यानपावरवाली शर्मिला पराजुली ढकालले पति विमलको रोजाइको कदर गर्दै नयाँ घरभाडाबापत डेढ करोड अग्रिम पेश्की दिइन्, उता जापानस्थित राजदूत प्रतिभा राणाले पनि विनोदको निम्ति १५ लाखको पलङ किनिन् । त्यही बिलको भुक्तानीका लागि एक जनाले अर्थ मन्त्रालय पुगेर बबाल मच्चाइन् भने अर्कीले छोरीज्वाईं आरजु र शेरबहादुरमार्फत भिटो लगाइन् । त्यत्रो पैसा पर्ने घर र पलङको मज्जा–नमज्जा के छ, सुत्नेले नै जान्लान् † तर, त्यो घर र पलङले अर्थमन्त्रालयको बजेट महाशाखामा तहल्कै मच्चाएको छ । अर्थविद् डा युवराज खतिवडा सोमबार साँझ मन्त्रीको रुपमा बहाली भएका छन् । सम्भवतः पलङको बिल हेर्न भ्याएका छैनन् । तर, बजेट महाशाखाका कर्मचारीले डाक्टर सा’ब मन्त्री हुनु केही हप्ताअघि धम्की खाइसकेका छन्, ‘नयाँ मन्त्री आएपछि तिमीहरुको हविगत के हुन्छ, हेरौंला !’ पोहोर केपी ओलीको जन्मदिन पारेर मस्कटबाट काठमाडौं उत्रिएकी शर्मिला एयरपोर्टबाट सोझै बालकोट पुगिन् र शुभकामना ‘टक्र्याइन्’ भन्ने सूचना वैदेशिक सहायता महाशाखाका ती हाकिमसँग रहेछ । त्यसैले मस्कटदेखि केपीको बर्थडे मनाउन काठमाडौं आइपुग्नेले बिताइहाल्छिन् कि भन्ने डर कर्मचारीमा छ । जापानबाट त १५ लाखको पलङ भयो, मस्कटमा दूतावास सञ्चालन र निर्माणका विविध शीर्षक गरेर शर्मिलाले अर्थमा पु¥याएको कूल बजेट छ, डेढ करोडको । शीर्षकमा उल्लेखित काम सम्पन्न भएका छैनन् । [caption id=\"attachment_177992\" align=\"alignleft\" width=\"400\"]\"\" शर्मिला पराजुली[/caption] मन्त्रीले नै चाहँदा पनि यत्तिका रकम, यस्तो शीर्षकमा दिन मुस्किल पर्छ । तर, त्यही बजेट निकासा नगरिदिएबापत शर्मिलाले ‘तिमीहरुलाई देखाइदिन्छु’ भनिन् । उनले ‘देखाउने’ भनेको कुरा कर्मचारीहरुले अहिलेसम्म हेर्न पाएका छैनन् । उनका पति वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा भएको बेला एक महिलासँग अवैध ‘लिभिङ टुगेदर’ को आरोप लागी डिपोर्टमा परेका थिए । तिनै पतिलाई महँगो निवासमा सुताउने उनको रहर देखेर परराष्ट्रका हाकिमहरु पनि छक्क परेका छन् । डेढ करोड भाडाको घरमा सुत्ने उनका पति फ्लोरिङ रिसोर्स सोलुसन नामक म्यानपावर कम्पनीका सञ्चालक हुन् । अर्थलाई अर्को दबाब जापानका लागि राजदूत प्रतिभा राणाको पनि छ । उनलाई एउटा गाडी किन्ने चटारो छ । त्यसको बजेट हो, डेढ करोड । जापान, जसले आफ्नै देशमा संसारभर प्रचलित गाडी उत्पादन गर्छ । हामीकहाँजस्तो दुई सय पचास प्रतिशत भन्सार पनि लाग्दैन । भन्सारै लाग्ने फुल अप्सनका अत्याधुनिक जापानिज गाडी पनि नेपालमा ४०–५० लाखमा पाइन्छ । बिनाभन्सार डेढ करोड पर्ने जापानिज गाडी कस्तो हुन्छ होला रु अनुमानमात्र गर्न सकिन्छ । प्रतिभासम्मका ज्वाइँ शेरबहादुर डेढ हप्ताअघि प्रधानमन्त्री थिए । छोरी आरजुको हुकुमी शासन साह्रै कडा थियो । त्यस्तो शासनमा त अर्थका अधिकारीले निकासा नदिएको बजेट अब उनले पाउलिन् कसरी रु स्रोतका अनुसार, गएदेखि अहिलेसम्म कहिले के, कहिले के बहानामा अर्थ र परराष्ट्रका हाकिमलाई सताउँदै आएका यी दुई ‘लेडी एक्सिलेन्सी’ लाई फिर्ता बोलाउनुपर्छ भनेर विशेषतः हाकिमहरु जोडतोडले लागेका छन् । सम्भवतः सरकारले ‘अतिरिक्त योग्यता’ का कारण राजदूत भएर अस्वभाविक गतिविधि गर्ने यी दुईलाई केही दिनमै फिर्ता गर्दैछ । यसमध्ये प्रतिभा राजदूत भएको देश जापान नेपालको सबभन्दा ठूलोमध्येकै दातृ राष्ट्र हो । दाताहरुसँग महŒवपूर्ण छलफल र भेटघाटमा व्यस्त भइरहनुपर्ने पदमा बसेकी उनको उमेर छ, करिब ८० वर्ष । उनी जापान गएयता दातृ संस्थासँग कुनै प्रगति भएको छैन । उता, म्यानपावर कम्पनीहरुको ‘सेटिङ’अनुरुप ‘हाउसमेड’ का नाममा नेपाली चेलिबेटीको खुलेआम बेचबिखन चल्ने ओमनमा म्यानपावर सञ्चालिका नै राजदूत भएर बस्दा अवैध रुपमा ‘हाउसमेड’ चेलीलाई जबरजस्ती भिœयाउने क्रम तीव्र भएको छ । यी दुई महिलाले यस्तो बितण्डा मच्चाइरहँदा अष्ट्रेलियाका लागि राजदूत भएर गएकी लक्की शेर्पाले चाहिँ अर्थ र परराष्ट्रलाई कुनै दुःख नदिई दूतावास भवन निर्माणको लागि सिड्नीमा जग्गा खरिद गरिन् । उनका पनि आर्थिक मामिला अर्थमा नपुगेका छैनन् । तर, ‘देखाइदिन्छु’ भनेर कर्मचारीलाई औँलो तेस्र्याएकी छैनन् । उता, कमल थापाको कोटामा स्पेनको लागि राजदूत सिफारिस भएर पनि लामो समयदेखि रोकिएका पूर्वजर्नेल भरतबहादुर रायमाझीलाई देउवा सरकारले जाते–जाते त्यता पठाएको छ । उनी जनवरीको २४ तारिख, अर्थात् माघ १० गते म्याड्रिड उत्रिएका हुन् । स्पेनमा नेपाली राजदूत पठाइएको पहिलोपटक हो । त्यहाँ दूतावास भवन छैन । सामान्यतया नयाँ दूतावास स्थापना गरिँदा परराष्ट्रका करिअरवाल अधिकारी पठाउने गरिन्छ । यसअघि नयाँ दूतावास खोलिएका देशमा भवन, प्रशासनिक व्यवस्थापन र आर्थिक विषयहरु संयोजन गर्न पनि परराष्ट्रकै प्रथम श्रेणीका अधिकृत राजदूत बनाएर पठाइएको थियो । त्यहाँ पुगेको एक महिना बितिसक्दा पनि राजदूत रायमाझीले अहिलेसम्म ओहोदाको प्रमाणपत्र पेश गर्न पाएका छैनन् । न उनको अफिस छ, न काम नै । एउटा देशबाट अर्को देशमा जाने राजदूतले त्यहाँको राष्ट्रप्रमुखसमक्ष ओहोदाको प्रमाणपत्र पेश नगरी काम गर्न पाउँदैनन् । (जनआस्था साप्ताहिकबाट साभार )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending