ललितपुर । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो सडकको बीच भागसम्मै पसल राख्दा यातायात आवागमनलाई समेत बाधा पुगिरहेको छ । बसपार्कमा केही वर्ष पहिले व्यापारी खाट नै राखेर बस्ने गरेका थिए । अहिले त्यो नभए पनि बसपार्कमा ठूलो संख्यामा व्यापारी छन् ।
प्रतिकृया लेख्नुहोस्: