Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

फुटपाथका कारण अस्तव्यस्त महानगरपालिका

\"\"ललितपुर । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो सडकको बीच भागसम्मै पसल राख्दा यातायात आवागमनलाई समेत बाधा पुगिरहेको छ । बसपार्कमा केही वर्ष पहिले व्यापारी खाट नै राखेर बस्ने गरेका थिए । अहिले त्यो नभए पनि बसपार्कमा ठूलो संख्यामा व्यापारी छन् ।

ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन्द्रराज ताम्राकार फुटपाथ पसल नगरको दीर्घकालीन समस्या भएर रहेको बताउनुहुन्छ । “फुटपाथ हटाउनका लागि प्रशासन र महानगरपालिकाले समय समयमा पहल गरे पनि त्यो लामो समय टिक्ने गरेको छैन”, उनी भन्छन् “फुटपाथ हटाएको दुई/चार दिनमै सडकमा उत्तिकै पसल हुन्छ ।” फुटपाथका कारण यहाँ आउने पर्यटकसमेत हैरान छन् । काठमाडौँ उपत्यकाका नगर क्षेत्रका सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने धेरै छन् । रोजगारीका लागि काठमाडौँ उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् । नगरका लगनखेल, मंगलबजार, सातदोबाटोलगायत स्थानमा धेरै फुटपाथ पसल छन् । नगर प्रहरी प्रमुख कदमलाल महर्जन महानगरपलिकामा सबैभन्दा बढी फुटपाथ व्यवस्थापनको खाँचो लगनखेल–मंगलबजार सडकखण्डमा रहेको बताउछन् । एक पटक हटाउँदैमा फुटपाथ पसल हट्न नमान्ने र नियमित रुपमा लाग्नका लागि जनशक्तिको कमी रहेको उनले बताए । उनले भने “हामीले हटाएको केही समयमा नै आँखा छलेर पसल बाटोको बीचमा नै राख्छन् ।” महानगरपालिकामा अहिले २३ नगर प्रहरी कार्यरत छन् । न्यायिक समितिको निर्णय कार्यान्वयन, पार्किङ व्यवस्थापन, भवन सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम उनीहरुको जिम्मेवारीमा छ । फुटपाथ व्यवस्थापनमा धेरै जनशक्ति लाग्दा मात्रै फुटपाथ व्यवस्थापन गर्न सकिने उनी बताउछन् । सार्क सम्मेलनका समयमा दिनरात काम गरेर नगर प्रहरीले सडक खाली गरेको थियो । उनी भन्छन् “अहिले पनि धेरै जना र नियमित खटिएर मात्रै फुटपाथ खाली गराउन सकिन्छ ।” समय समयमा फुटपाथ व्यवस्थापनमा महानगरपलिकाले चासो देखाए पनि त्यो लामो समयसम्म टिकेको छैन । फुटपाथ पसल राख्न बन्द नै गर्दा यहाँका पार्टी निकट संगठनले विरोध गर्दै आएका छन् । सबै दलका साना व्यापारीको संगठन छ । नगर प्रमुख चिरीबाबु महर्जन छिटै फुटपाथ व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउनुहुन्छ । उहाँका अनुसार फुटपाथ व्यवस्थापनमा लाग्न नगर प्रहरीलाई निर्देशन दिइएको छ । यसअघि फुटपाथ व्यवस्थापन भए पनि लामो समयसम्म हुन सकेको थिएन । उनी भन्छन् “औँसीदेखि पूर्णिमासम्म मात्रै फुटपाथ हट्ने गरेकामा अब नगरमा यो समस्या सधैँका लागि हटाउने योजना रहेको छ ।” लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ पसलकै कारण ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापन गर्ने उनको योजना छ । त्यसका लागि समेत फुटपाथ व्यवस्थापन राम्रोसँग गरिने उनी बताउँछन् । फुटपाथ हटाउनेभन्दा व्यवस्थापन गर्नुपर्ने विषय समय मयमा उठान भइरहेको छ । फुटपाथ व्यापार गर्नेको व्यवस्थापनकै लागि केही वर्ष पहिले तत्कालीन उपमहानगरपालिकाले जिल्ला अदालत कार्यालय अगाडि टहरा निर्माण गरेको थियो । अहिले त्यो टहरा लेखापढी व्यवसायीलाई महानगरपालिकाले भाडामा लगाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending