Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

विप्लवको पार्टीले भन्यो-प्रधानमन्त्री अोलीको घरमा पक्राउ पूर्जी टाँस्छाै (विज्ञप्तिसहित)

\"\"काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रबिक्रम चन्द विप्लवको नाममा एमाले अध्यक्ष केपी ओली सरकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको पुरै खारेज गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञाप्ति जारी गर्दै विद्यार्थी जीवन देखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गरेका छन् । उनले यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनीतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई कडा चेतावनी समेत दिएका छन । प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी राष्ट्रघाती, देश बेचुवा, दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला बेचुवा नभएको ठोकुवा गर्दै के ओली प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ?भन्ने प्रश्न गरेका छन् । पार्टी महासचिव विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गर्न माग गरेका छन । यदि खारेज गरिएन भने पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरफतार गर्ने र पार्टी माथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकीविरुद्ध कारबाही बढाउन पार्टी वाध्य हुने चेतावनी दिएका छन र यसबाट निष्किने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुने उनले बताएका छन् । नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिवरण यस प्रकार रहेको छ 
  • हाम्रो पार्टीका महासचिव क.विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिदै विस्फोटक पदार्थ सम्बन्धी अभियोगमा ०७४ पौष ९ गते गिरप्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरी उहाँको दाजु चन्द्र बहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पुरै खारेज गर्दछ । आफ्नो विद्यार्थी जीवन देखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।
  • ००७ सालको राणा विरुद्धको आन्दोलन देखि अहिले हामीले अगाडि बढाई राखेको एकिकृत जनक्रान्तिसम्म जहिले पनि क्रान्ति एवं आन्दोलनरत जनता र त्यसको नेतृत्व गरिराखेको पार्टी, नेता र कार्यकर्ता विरुद्ध झुट्टा मुद्दा लाउने, सम्पति हड्प्ने, राजद्रोही एवं हतियार खरखजनाको झुटा मुद्दा लगाउने, फाँसीवादी दमन गर्ने, हत्या गर्ने, गाउँका गाउँ जलाउने, अमानवीय यातना दिने, बेपत्ता पार्ने, महिलालाई बलात्कार गर्ने, आतंककारी घोषणा गर्ने, सिआईडी सुराकी गर्ने र राज्यद्वारा फाँसीवादी दमन गर्ने शासक वर्गको दृष्टिकोण र रबैया रहदै आयो । त्यसको निकृष्ट उदाहरण १० वर्षको जनयुद्धका विरुद्ध नेपाली काँग्रेस र एमालेको नेतृत्वमा बनेका सरकारहरुले गरेकोे जंगली दमन हो । जनयुुद्धको बेला जनयुद्धले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउछ भन्ने राजनैतिक सोच काँग्रेस, एमालेका नेताले बनाउनै सकेनन बरु माओवादी र जनयुद्धलाई कसरी सिध्याउने भन्ने रणनीति तयार गर्न हात धोएर लागे । अहिले जस्तो देउवा प्रचण्ड गठबन्धनको प्रचण्ड सरकार बन्ला वा एमाले माके गठबन्धन बनेर प्रचण्डसंग पार्टी एकता गर्नु पर्ला भन्ने देउवा र ओलीको कल्पना भन्दा बाहिरको कुरा थियो । अहिले ओली प्रचण्ड गठबन्धन सरकार इतिहास र जनयुद्धका शासक वर्गलाई मात गर्ने गरी हाम्रो पार्टी र एकिकृत जनक्रान्तिका विरुद्ध निरंकुश, फाँसिष्ट र जंगली दमनको प्रारंभिक अभ्यास गर्दैछ । केही समय अगाडि अनलाईनखबरले “विप्लव राजनैतिक कि अराजनैतिक ?” सरकारले यो कुरा छिटै स्पष्ट गर्नु पर्छ भनि लेखेको विश्लेषणात्मक समाचारको पनि ओली सरकारले स्पष्ट गर्न खोजेको होला । खबरदार ओली प्रचण्ड गठबन्धनको ओली सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन कहिलै मर्दैन, बरु यो ज्वालामुखीको रुपमा विष्फोट भएर शासक वर्गकै अन्त्यष्टी गर्दछ ।
  • १० वर्षे जनयुद्धका विरुद्ध बर्बर दमन गर्ने र हत्या हिंसाको राज खडा गर्ने काँग्रेस र एमाले सरकारका नेताहरुको नामका देश द्रोही, राष्ट्रघाती, जन हत्यारा, साम्राज्यवादका एजेन्ट, बलत्कारी, गाउँ खरानी बनाउने विध्वंशकारी र जनताको सम्पत्ती लुट्ने लुटेरा लगायतका मुद्दाका फायलहरु जनयुद्धले जन्माएको जनसत्ताको जन अदालतमा ज्यूदै छन् । ओली सरकारले “चोरलाई चौतारा र साधुलाई सुली” गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीहरुलाई अहिले संचालन भै राखेको जन सत्ताको जन अदालतले कारबाहीको शुरुवात गर्ने छ । सबै भन्दा पहिला जन अदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ । १० वर्षको जनयुद्ध, यसका उपलब्धीहरु, हजारौं जनयुद्धका शहिदहरुको रगत र नेपाली क्रान्तिका विरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताका विरुद्ध साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ । त्यसपछि जनयुद्ध र एकिकृत जनक्रान्ति विरुद्धका अपराधीहरुलाई वारेन्ट पूर्जी जारी गर्ने छ ।
  • स्मरण होस् हामी राष्ट्रघाती, देश बेचुवा, दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला बेचुवा होइनौं ! के ओली प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ? हाम्रो पार्टी र नेतृत्व त यसका विरुद्धको क्रान्तिमा छ । यसर्थ हाम्रो पार्टी महासचिव क.विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गरियोस । यदि खारेज गरिएन भने हाम्रो पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरप्mतार गर्ने र पार्टी माथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकी विरुद्ध कारबाही बढाउन पार्टी वाध्य हुने कुरा समेत स्पष्ट गर्दछ । यसबाट निष्किने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुने छन् । 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending