Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

केन्द्र जुफाल सारिएको विरोधमा तालाबन्दी

 

\"\"डोल्पा । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा आज विहान ७ बजे तालाबन्दी गरिएको छ ।

पहिलेदेखि नै नगरपालिकाको केन्द्र दुनैमा कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिले झुक्याएर रातारात केन्द्र जुफालमा सारेको विरोधमा दुनैका चारवटा वडाका जनताले जिल्ला प्रशासनमा निवेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जानकारी दिए । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई दिएको निवेदनमा भनिएको छ, ‘नगरसभामा नभएको निर्णयमा कीर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकाले तत्काल जनताको माग सम्बोधन गरिनुपर्ने उल्लेख गरिएको छ ।’ जनप्रतिनिधिसहित करिब ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन पेश गरिएको २ नं का वडाध्यक्ष देवी रोकायाले बताए । नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरेअनुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जनतालाई जुफालबाट नै सेवा प्रवाह सहज हुने भएकाले पनि नगरसभाले निर्णय पारित गरेको हो । नगरप्रमुखले जनप्रतिनिधिलाई झुक्याएर केन्द्र सारेकाले आज दुनै बजार बन्द गरिने र दुनैबाट आन्तरिक रुपमा चल्ने गाडी पनि बन्द गरिने जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले जानकारी दिए । उहाँका अनुसार फागुन १८ गते नगरपालिकाका सबै जनताको भेला गराई आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । जनतालाई झुक्याएर रातारात नगरपालिकाको केन्द्र सारेकाले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताको भनाइ रहेको छ । बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाएपछि ठूलीभेरी नगरपालिका–१ देखि ४ वडा सम्मका जनता आक्रोशित भएका हुन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending