Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

\"\"सिन्धुपाल्चोक । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ । २०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुु¥याएपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भई मर्मत पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएलगत्तै २०७२ सालको भूकम्पले क्षति पुु¥याएपछि मर्मत भइरहेको आयोजनालाई २०७३ साल असार २१ गते तिब्बतबाट आएको भोटेकोशीको बाढीले तहसनहस पारेपछि लगानीका हिसाबले नयाँ निर्माण गर्नुसरह भएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए । चीनको सिनो हाइड्रो कम्पनीलाई रु सात अर्बमा पुनःनिर्माणको ठेक्का सम्झौता भएको र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिए । बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३.५ किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । बाढीले सुरुङ मार्गबाहेक बाँधस्थल, विद्युत् गृह, पेनस्टक पाइप, प्रशारण लाइनको केही टावर क्षेत्र र विद्युत् गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुु¥याएकाले मर्मत तथा नयाँ निर्माण गर्न पर्ने आयोजनाले जनाएको छ । प्रजातन्त्र पुनःस्थापना पछि २०५१ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि यहाँ निजी क्षेत्रबाट निर्माण कार्य शुरु भएको थियो । अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले २०५३ सालमा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । शुरुमा ३६ मेवाको स्वीकृति पाएको आयोजनाले शुरु भएको लामो समयपछि अमेरिकी सरकारको दबाबमा ४५ मेवाको स्वीकृति पाएको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending