Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मगर संघको २६ औं राष्ट्रिय सम्मेलन फागुन १५ देखि काठमाडौंमा

\"\"काठमाडौं । नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ । फागुन १५ गतेदेखि सुरुहुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्नुपर्ने बताए । अध्यक्ष रोकाले मगर जातिको आदिभूमीलाई तीन चिरा पारिएको बताउँदै एउटै क्लस्टरमा ल्याएर आठौँ प्रदेश बनाउनुपर्ने आफूहरुको पहिलो माग रहेको बताए । मगराँत क्लस्टरलाई मिलाएर एउटै प्रदेश बनाउन नसकिने हो भने प्रदेश नं. ४ लाई मगरात–तमुवान, प्रदेश नं. ५ लाई मगरात–थारुवान र प्रदेश नं. ६ लाई मगरात–खसान नामाकरण गर्नुपर्ने बताए । ‘हाम्रो पहिलो माग मगरात भूमीको क्लस्टरसहितको मगरात प्रदेश हो,’ उनले भने, ‘त्यसो हुन नसके तीनवटै प्रदेशलाई मगर समुदायको पहिचान आउने गरी नामाकरण गर्नुपर्छ ।’ मगर संघले मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर प्रथाजनित कानूनहरुलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने माग राखेको छ । ‘हाम्रा एजेण्डामाथि राष्ट्रिय सम्मेलनमा गम्भीर छलफल हुन्छ, र हामी हाम्रा माग पूरा गराउन आन्दोलन अगाडि बढाउछौँ’, मगमर संघका महासचिव ज्ञानेन्द्र पुनले भने । मगर संघले सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि संविधान संशोधनको मागसमेत गरेको छ । संघले ‘पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरेको छ । पत्रकार सम्मेलनमा संघले फागुन १५, १६ र १७ मा राष्ट्रिय सम्मेलन हुने, सम्मेलनको उद्घाटन फागुन १५ गते टुडीखेलमा हुने र बन्द सत्र गंगबुमा हुने जानकारी गरायो । सम्मेलनमा ६९ जिल्ला शाखा, ६ भातृ संगठन, वैदेशिक शाखालगायतबाट पाचसय प्रतिनिधि सहभागी हुने जनाइएको छ । मगर संघको स्थापान २०३९ साल फाल्गुण १५ भएको थियो । सोही दिनलाई मगर समुदायले मगर दिवसको रुपमा मनाउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending