Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

माअोवादी नेताः०६४ सालदेखि को कति पटक मन्त्री ?

[caption id=\"attachment_167774\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्रीमा सपथ लिएको अाज १० दिन बितिसक्यो । तर पनि अोलीले अहिलेसम्म सरकार बिस्तार गर्न सकेका छैन् । नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री अोलीले माअोवादी र अाफ्नै पार्टीभित्रको मन्त्री हुने लडाइँले सरकार विस्तार गर्न नसकेको बताइएको छ । एमालेले प्रधानमन्त्रीसहित ११ र माअोवादीले ७ मन्त्रालय पाउने भागबन्डा गरेपनि अाकांक्षि भने थुप्रै छन् । माओवादीबाट सरकारको नेतृत्व वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले गर्ने बताइएपनि गृहमा पनि दावी गरिरहेका स्रोतले जनाएको छ । त्यस्तै पूर्व गृहमन्त्री शक्ति बस्नेत, पूर्वमन्त्री वर्षमान पुन, पूर्वगृहमन्त्रीसमेत रहेका जनार्दन शर्मा पनि गृहमन्त्रीको दावी गरिरहेका छन् । गृहमन्त्रीको विवादले मन्त्रिपरिषद विस्तारमा समेत ढिलाइ भइरहेको स्पष्ट नै छ । थापा वैद्य माओवादीबाट मुल पार्टीमा फर्केका नेता हुन् । नेपाल सरकारको नेतृत्व गर्न लागेका रामबहादुर थापा यसअघि रक्षामन्त्री भइसकेका छन् । उनले उपप्रधान तथा गृहमन्त्रीको दावी गरेका छन् । थापा ०६४ को संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । कृष्णबहादुर महराले सरकारमा नजाने घोषणा गरेका छन्, तर माओवादीमा उनी सबैभन्दा धेरैपटक मन्त्री भइसकेका नेता हुन् । उनी सांसद समेत पाँचपटक भईसकेका छन् । अन्तरिम सरकार, ०६५ को माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री, ०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित सूचना तथा सञ्चारमन्त्री, खनाल नेतृत्वकै पुर्नगठित सरकारमा उपप्रधान तथा गृहमन्त्री, ०७३ को प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री र २०७४ को देउवा नेतृत्वको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । उनी २०४८, २०६३ को अन्तरिम संसद, २०६४, २०७० र २०७४ मा लगातार सांसद छन् । टोपबहादुर रायमाझीको मन्त्रीमा खुलेर दावी नरहेपनि अध्यक्ष प्रचण्डलाई भेटेर सरकारमा जाने ईच्छा देखाएका छन् । उनी एकपटक उपप्रधानमन्त्री र चारपटक मन्त्री भएर शक्तिशालि मानिएका मन्त्रालय सम्हालिसकेका छन् । जनार्दन शर्मा पनि मन्त्रीकै आकांक्षीमा छन् । यसअघि लगातार दुईवटा सरकारको मन्त्री रहेका शर्माले पुनः गृहमन्त्रीको दावि गरेका छन् । उनी तीनपटक मन्त्री, चारपटक सांसद, एकपटक सचेतक र एकपटक लेखा समितिको सभापति बनिसकेका छन् । देव गुरुङ सुरुमा मन्त्रीको दावि गरे पनि उनले सभामुखतिर आँखा लगाएका छन् । उनी तीन पटक सांसद, दुई पटक मन्त्री एकपटक दलको उपनेता र एकपटक प्रमुख सचेतक बनिसकेका छन् । पम्फा भुषाल मन्त्रीको दाबेदार हुन् । उनी तीन पटक मन्त्री र तीन पटक सांसद बनिसकेकी छिन् । गिरिराजमणी पोखरेल अघिल्लो दुई सरकारमा लगातार मन्त्री भए र अहिले पाँचौ पटक मन्त्री बन्न दौडधुप गरिरहेका छन् । उनी चार पटक सांसद र चार पटक मन्त्री बनिसकेका छन् । शक्तिबहादुर बस्नेत दुईपटक मन्त्री र दुईपटक सांसद बनिसकेका छन् भने तीन पटक सांसद र एकपटक मन्त्री बनिसकेका मातृका यादव पनि मन्त्रीको मुख्य दाबेदार छन् । यस्तै मधेसबाट मन्त्रीको दावी गरिरहेका प्रभु साह तीनपटक सांसद, तीनपटक मन्त्री र दुई पटक संसदीय समितिको सभापति बनिसकेका छन् । अग्नीप्रसाद सापकोटा मन्त्रीको दावेदार छन् । उनी तीन पटक सांसद, दुई पटक मन्त्री बनिसकेका छन् । हरिबोल गजुरेल मन्त्रीका अर्का दाबेदार हुन् । उनी दुई पटक सांसद र दुई पटक मन्त्री बनिसकेका छन् । चक्रपाणी खनाल पहिलोपटक संसद बनेका नेता हुन् । उनी अहिले सम्म मन्त्री बनेका छैनन् । देवेन्द्र पौडेल पनि खनाल जस्तै पहिलोपटक सांसद बनेका नेता हुन् र उनी पनि अहिलेसम्म मन्त्री बनेका छैनन् । जयपुरी घर्तीमगर तेस्रोपटक सांसद बनेकी हुन् । यसअघि अन्तरिम व्यवस्थापिका सांसद, २०६४ मा रोल्पाबाट सभासद बनिसकेकी घर्ती समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । माओवादीमा चुनाव जितेका सिनियर नेता सबै मन्त्रीका दाबेदार छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending