Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

दुताबास र एनआरएन नै मानव तस्करको संरक्षणमा !

\"\"कुबेत । लामो समय देखि कुबेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहदै आएका एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामाङ र उनका सहयोगी हरुलाइ कुबेत स्थित नेपाली दूतावास र एनआरएन कुबेतले नै संरक्षणमा राखेको रहस्य खुल्न थालेको छ । गत आइतबार साझ ६ बजे अध्यक्ष अर्जुन तामाङलगायतको समुहबाट आक्रमणमा परेका नेपाल पत्रकार महासंघ कुबेतका अध्यक्ष हरिकृष्ण न्यौपानेलाई दूतावासबाट नै दलालसँग सहमति गरि मिलापत्र गर्न र केश फिर्ता लिन दबाब परेको स्रोतको दाबी छ । यता गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारीमा लागेका बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका भएपनि हाल सम्म राजीनामा स्वीकृत नगरी गोप्य राखिएको छ भने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुबेतले प्रेस बिज्ञप्ति मार्फत तामाङको बचाउ गर्दै विभिन्न मिडिया बाट प्रकाशित समाचारको खण्डनसमेत गरेको छ । पत्रकार न्यौपानेमाथि आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आइसीसीमाथि अन्तराष्ट्रिय दबाब परेको भएपनि संस्थाले नै बिज्ञप्ति मार्फत घटनाको बचाउ गरेको र दूतावास बाट समेत मानव तस्करिमा संलग्न ब्यक्तिहरुलाइ बचाउ गरी पीडितलाई झनै पीडा र दबाब पारेको भन्दै दूतावासको काम कारबाहीप्रति धेरैको औंला उठेको छ । \"\" सरकारले घरेलु कामदारका रूपमा कुबेत जान बन्द गरेको भएपनि मेनपावर व्यावसायी समेत रहेका तामाङ र उनका साथीहरूले बिगत एक दशकदेखि भारतको बाटो हुँदै नेपाली महिलाहरूलाई विभिन्न आश्वासनमा कुबेत पुर्याइ बिक्री गर्दै आएका छन । उनी दुबईसम्म पुगेर भिजिट भिसामा आएका नेपाली महिलाहरुलाई समेत लिएर कुबेत जाने गरेको श्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending